बलेनीको पानी पिउन बाध्य छन् : च्युरिबोटवासी
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १४:३९:४१
९ साउन गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ च्युरिबोटमा गत मङ्गलबार राति आएको पहिरोले पाइप बगाएपछि स्थानीय ४६ घरधुरीलाई खानेपानीको हाहाकार भएको छ ।
झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि त्यहाँका स्थानीय तीन दिनदेखि खोला तथा बलेनीको धमिलो पानी खान बाध्य भएका दाजुङखोला लघु जलविद्युत व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्तीले जानकारी दिए ।
उनका अनुसार अविरल वर्षापछि गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध भएको हो । सो खानेपानी आयोजनाबाट विद्यालय, २६ घरधुरी स्थायी र २० घरधुरीले अस्थायीरुपमा पिउँदै आएका छन् । च्युरिबोटका घुइलबोट, नालबाङ, दास्बाङ, पहिरोघर, बिसौनाबोट, बरनाचे बस्तीलगायत सिद्धार्थ माविमा खानेपानीको अभाव भएको छ ।
सो खानेपानीको आयोजना विदेशी संस्था ब्रिटिस बेलफेयरले २०५६ सालमा सहयोगमा निर्माण गरिएको हो । २०७४ मा भू–संरक्षणको रु ७० हजार सहयोग, स्थानीयको रु २५ हजार र श्रमदानमा मर्मत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार