कारबाहीमा पनि भागबण्डा
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार १९:८:४३
११ साउन, काठमाडौं । महाधिवेशनको मुखैमा आएर नेपाली कांग्रेसका शीर्ष नेताहरु आफ्ना विरोधीहरुलाई तह लगाउन खुलेर अग्रसर भएका छन् । यसको पछिल्लो उदाहरण हो – गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टमाथिको कारबाही ।
नेपाली कांग्रेको केन्द्रीय अनुशासन समितिको शुक्रबार बसेको बैठकले तनहुँका पुराना कांग्रेस नेता जोशी, कैलालीका जुझारु नेता ओझा र डँडेल्धुराकै सक्रिय नेता विष्टमाथि अनुशासनको कारबाही गरेको छ । यो निर्णयलाई लिएर अहिले कांग्रेस भित्र जुहारी चल्न थालेको छ । महाधिवेशनको मुखमा आफ्ना विरोधीलाई तह लगाउने नेताहरुको निर्लज्ज व्यवहारप्रति केन्द्रीय तहकै नेताहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका लागि जीवन भर संघर्ष गर्ने नेताहरुमाथि महाधिवेशनकै मुखमा हठात् ढंगले कारबाही गर्नु भनेको नेताहरुको हतास मनस्थिति भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता डा. शेखर कोइरालाले बताए । ठीक गोविन्दजीले गलत गर्नुभएको छ भने त्यसमा कारबाही गर्नु गलत नहोला , तर महाधिबेशनको मुखैमा चाहिं किन ? उनको प्रश्न छ ।
अहिले कारबाही गरिएका तीनै जना नेताहरु देशमा प्रजातन्त्र पुनस्थापनाका लागि रगत र पसिना बगाएका होनहार व्यक्तित्व हुनुहुन्छ, त्यसै हचुवाका भरमा त्यो पनि महाधिवेशनकै मुखमा पार्टीबाटै निष्काशन गर्ने निर्णय गर्नु आवश्यक नरहेको उनको तर्क छ । एकातिर हामी अरु पार्टीबाट आएकाहरुलाई प्रवेश गराउँदैछौं भने आफ्नै पार्टीमा लामो संघर्ष गरेकाहरुलाई चाहिं लघार्ने काम गर्नु गलत भएको डा. कोइराला बताउँछन् ।
डा. कोइरालाले आफ्नो फेसबुक वालमा लेखेका छन्– यस्तो दोहरो मापदण्डले पार्टी कार्यकर्तामा के सन्देश जान्छ? आधारहिन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी , पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई काँग्रेस पार्टीबाट निष्काशन गर्नु दुर्भाग्यपूर्ण हो । आफूमाथि गरिएको कारबाहीबारे असन्तुष्टी व्यक्त गदै कैलाली कांग्रेसका नेता ओझाले भने– ममाथि लगाइएका सबै आरोप मिथ्या र पूर्वाग्रहप्रेरित छन् ।
आरजु राणालाई मैले हराउने भूमिका खेलें भन्ने आरोप बनको भन्दा मनको बाघले खाएको मात्र हो भन्दै उनले यसबारे पार्टीका नेताहरुलाई राम्रो जानकारी भएपनि सभापतिको व्यक्तिगत इबीका कारण मात्र आफूलाई कारबाही गरिएको बताएका छन् । नेतृत्वमा रहेकाहरुले सत्तामा मात्रै भागबण्डा नगरी अब कारबाहीमा समेत भागबण्डा गर्न थालेको भन्दै उनले असन्तुष्टी व्यक्त गरेका छन् । ममाथि कारबाही गर्न छुट दिने साथीहरुले गोबिन्दजीलाई खालमा राखे – उनले दुखेसो पोखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार