अब भोट माग्न घर घर जानुपर्ने निर्वाचन प्रणाली फेरौ !
नेपालबहस संवाददाता
साउन १२, २०७७ मंगलबार २:५७:२१
१२ साउन, काठमाडौं । वर्तमान निर्वाचन प्रणाली निकै महंगो भएको भन्दै सांसदहरुले तत्कालै यसलाई फेर्नुपर्ने माग गरेका छन् । यो अवस्था नफेरिए भोलिका दिनमा झन महंगो बन्ने चुनावले भ्रष्टाचार बढ्ने नेता तथा सांसदहरुको चिन्ता छ ।
सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरूले निर्वाचन प्रणाली नफेपरिएसम्म देशको विकास नहुने पनि बताएका छन् । प्रत्यक्ष निर्वाचन प्रणाली खर्चिलो र समानुपातिक प्रणालीमा नातावाद हावी भएकाले अहिलेका विकृति मौलाएको सांसदहरुको भनाई छ ।
निर्वाचन आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलमा सहभागी नेकपाकी सांसद पम्फा भुसालले मिश्रित निर्वाचन प्रणालीमा विकृति देखापरेको बताइन् । समानुपातिकबाट निर्वाचित सांसदहरूलाई विभेद हुने गरेको महसुस भएको भन्दै उनले शीर्ष नेताहरुलाई समानुपातिकमा आउन सुझाव दिइन् ।
कांग्रेस सांसद देवेन्द्रराज कंडेलले चुनावी प्रचारमा घरदैलो गर्न नपाउने कानूनको माग गरे । घरदैलो गर्न नपाउने र चुनावी सभा सम्मेलन मात्रै गर्नुपर्ने पद्धति ल्याउनुपर्ने उनले बताए । कांग्रेस सांसद अमरेशकुमार सिंहले उम्मेदवार र मतदातालाई भेट हुनै दिन नहुने बताए । भेट भयो भने त पैसा दिने र भोज खाने प्रवृत्ति हावी भएको कंडेलको भनाई छ ।
जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले हालको मिश्रित निर्वाचन प्रणाली बदलेर खुला सूचीमा आधारित पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान सकिने बताए । पूर्ण समानुपातिक प्रणालीमा जाँदा निर्वाचन अगावै उम्मेदवारको नाम तय हुने र निर्वाचनमा चलखेल गरेर चुनाव जित्नतिर लाग्ने वा शीर्ष नेताले आफ्नालाई टिकट दिने प्रवृत्ति रोकिएर योग्य र लोकप्रिय व्यक्तिले अवसर पाउने उनको भनाइ छ ।
नेकपाकी सांसद रेखा शर्माले सांसद श्रेष्ठले भने जस्तै खुला सूचीमा आधारित पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान सकिने बताइन् । निष्ठाको राजनीति हराउँदै गएको र पैसा, नातेदार वा नेताका नजिक भएकै आधारमा राजनीतिक योगदानविनै सांसद बन्ने अवस्था आएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार