नेकपामा उलटपुलट, बामदेव ओली गुटमा
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १९:१:३५
१३ साउन, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभाको यो कार्यकालभरि केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायम रहने गरी सहमतिको प्रस्ताव पेश गरेका छन् ।
रातारात फेरिएको गौतमको याे प्रस्तावले सत्तारुढ नेकपा सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम नाटकीय ढंगले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् ।
उपाध्यक्ष गौतमले सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव पेस गरेका हुन् । उनले अध्यक्ष प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पनि गरेका छन् । जुन यसअघि नै दाेस्राे तहका नेताहरूले राख्दै आएका थिए । एकाएक आएको गौतमको प्रस्तावले नेकपामा उलटपुलट ल्याएको छ । खासै नयाँ कुरा केही नभएपनि उनी ओली गुटमा लागेको प्रष्ट भएको छ ।
पार्टीको विग्रह तत्कालका लागि रोक्न भन्दै गरिएको प्रस्तावमा प्रधानमन्त्री ओलीका दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुअघि पार्टीको सचिवालयमा छलफल गर्नुपर्ने उल्लेख छ ।
यस्तै पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने तथा आउँदाे दिनमा पार्टीको बैठक पार्टी कार्यालयहरुमा गर्ने प्रस्ताव छ । संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने पनि उनको प्रस्ताव छ । पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि नेता गौतमको प्रस्तावमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार