बन्दाबन्दीले निसानलाई ६.४ अर्ब अमेरिकी डलर घाटा
नेपालबहस संवाददाता
साउन १३, २०७७ बुधबार १:१४:०
१३ साउन, एजेन्सी । जापानी सवारी साधन निर्माता निसानले महामारीको कारण कम्पनीले चालु आर्थिक वर्षमा ६।४ अर्ब अमेरिकी डलरको घाटा हुने मङ्गलबार प्रक्षेपण गरेको छ ।
महामारीकाबीच जारी अनिश्चितताका कारण आफ्नो वार्षिक कारोबारको पूर्वानुमान रिपोर्ट सार्वजनिक गर्न ढिला गरेको निसानले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा महामारीको समय सवारी साधनको बिक्रीमा आएको कमीका कारण २।७ अर्ब अमेरिकी डलर घाटा भएको जनाएको छ ।
“कोभिड–१९ को कारण पूरा त्रैमासिकमा निसानको प्रमुख बजारहरू निकै प्रभावित बनेका छन्,” प्रमुख सञ्चालन अधिकृत अश्वामी गुप्ताले बताए । उनले प्रक्षेपण तथा कारोबारको तथ्याङ्क सार्वजनिक गर्दै भने, “नतिजाले प्रष्ट देखाउँछ कि महामारीको नराम्रो प्रभाव हाम्रो कारोबारमा परेको छ ।”
महामारीको प्रभाव आफ्नो प्रमुख बजारहरू जापान, चीन, र अमेरिकामा महामारीका कारण कारोबारमा मन्दी आउँदा आफ्नो विश्वव्यापी व्यापार मूल्य ५०।५ प्रतिशतमा झरेको निसानले बताएको छ । उक्त कम्पनीले आफ्नो वार्षिक विक्रीमा २१ प्रतिशतले गिरावट आउँदा ७।८ ट्रिलियन येनको घाटा भएको जनाएको छ ।
“विश्वव्यापी कोरोनाभाइरस महामारीको प्रभावको परिणामस्वरूप गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासिक अवधिमा समग्र माग झण्डै आधामा झरेको छ,” निसानका अर्का सञ्चालक अधिकृत मोकोतो उचिदाले भने ।
उनले थपे, “कम्पनीका विश्वभर रहेका उद्योगहरूले उत्पादन बन्द गर्नुपर्ने अवस्था रहेको छ । अहिले सञ्चालनमा रहेका उद्योगमा पनि उत्पादन दरमा ठूलो ह्रास आएको छ । यसले व्यवसायमा गम्भीर आर्थिक प्रभाव परेको छ ।”
यस वर्षका लागि गरिएको वार्षिक प्रक्षेपणमा निसानलाई गत वर्षको तुलनामा ६७० जापानी येन घाटा हुने अनुमान गरिएको भएपनि मेसम्मको घाटा ६७१ हुनुले कम्पनीको कारोबार थप सङ्कटमा गएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार