‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तक सार्वजनिक
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २२:१४:४३
१४ साउन, काठमाडौं । कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग सार्वजनिक गरिएको छ । विश्वकला इतिहासलाई सरलरुपमा लेखिएको यस पुस्तकलाई सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको हो । पुस्तकमा विश्वकला जगत्मा देखापरेका कलाका विविधशैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ ।
राजभण्डारीकै यसअघि प्रकाशनमा आएको पुस्तकको पहिलो भागमा पाषाण युगदेखि सोह्रौँ शताब्दीसम्मको पाश्चात्य कलाको चिरफार गरिएको थियो । दोस्रो भागमा सत्रौँ शताब्दीदेखि २१औँ शताब्दीसम्म विश्वमा चलेका कलाका विभिन्न शैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ । कलाकार तथा कलालेखक राजभण्डारीले ‘पाश्चात्य कलाको संक्षिप्त इतिहास’ लेखनका क्रममा ‘पहिलो भाग’ प्रकाशित भएको ठीक सात वर्षको अन्तरालमा यो ‘दोस्रो भाग’ निकालेको बताए ।
उनले भने, “पाश्चात्य कलाबारे नेपाली भाषामा पुस्तकको उपलब्धता होस् भन्ने चाहना राख्ने पाठकको माग र आवश्यकतालाई यस पुस्तकले सम्बोधन गर्ने छ भन्ने विश्वास छ।” पुस्तकमा सत्रौँ शताब्दीपछि युरोपमा चलेका कलाका विविध आन्दोलन र तिनले ल्याएको परिवर्तनलाई समेत चित्रण गरिएको छ । युरोपमा सत्रौँ शताब्दीमा विकास भएको बरोक कलाशैली, कलाकृति र कलाकारको चिन्तन, परिवेश तथा त्यसको प्रभावको विषयलाई समेत पुस्तकमा समावेश गरिएको छ । त्यस्तै, अठारौँ शताब्दीको रोकोको, नवशास्त्रीयवाद, स्वच्छन्दवादमा विकास भएका कला र तिनका चिन्तन र परिवेशलाई पुस्तकमा सरल ढङ्गले चित्रण गरिएको छ ।
१९ औँ शताब्दीमा विकास भएको नवशास्त्रीयवाद, स्वच्छन्दवाद, यथार्थवाद, प्रभाववाद तथा आधुनिक कलाको आरम्भलगायतका विषयले विश्वकला जगत्मा भएका विविध आन्दोलन, शैली र तिनका प्रवृत्तिलाई बुझ्न पुस्तक निकै उपयोगी छ । त्यसैगरी २०औँ शताब्दीमा विकास भएको कलाको अवस्था, परिवेश र सामाजिक जीवनलाई समेत पुस्तकमा उतारिएको छ ।
विश्वकलाको इतिहासलाई सहज ढङ्गले प्रस्तुत गरिएको पुस्तक निकै उपयोगी छ । कलाकार तथा कलालेखक राजभण्डारीले पुस्तकको पहिलो भागमा पाषाणयुगीन गुफा कलादेखि सोह्रौँ शताब्दीसम्मको पाश्चात्य कलाको इतिहास समेटिएको बताउँदै भने, “दोस्रो भागमा सत्रौँ शताब्दीको बरोक कलादेखि बीसौँ शताब्दीको उत्तराद्र्धसम्म देखापरेका उल्लेखनीय कला आन्दोलन, विधा, शैली तथा प्रतिनिधि कलाकारबारे संक्षेपमा जानकारी जुटाउने प्रयास गरिएको छ ।”
पुस्तक कलाकार तथा कलाका विद्यार्थीका लागि मात्र नभई पाश्चात्य कलाबारे अभिरुचि राख्ने सबैका जिज्ञासुका लागि उपयोगी रहेको कलाकार, कलालेखक तथा सिर्जना कलेज अफ फाइन आर्टस्का प्रिन्सिपल मदन चित्रकारले बताए । उनले भने, “पाश्चात्य कलाको इतिहासमा देखापरेका प्रत्येक महत्वपूर्ण परिवर्तन, प्रतिनिधि पात्र तथा तिनका कृतिबारे सूक्ष्म ढङ्गले विश्लेषण एवं वर्णन गरिएको हुँदा पुस्तक सबै वर्गका पाठकका लागि निकै उपयोगी र पठनीय छ ।” कलाका विविध आन्दोलन, शैली, तिनका प्रवृत्ति र विश्व परिदृश्यमा कलाले पारेको प्रभावका विविध पाटालाई पुस्तकमा चिरफार गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार