कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन
नेपालबहस संवाददाता
साउन १६, २०७७ शनिबार ०:१२:५५
१६ साउन, मकवानपुर । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।
सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ । आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलासयमा पानी भरिन अझै १८ मिटरको सतह बाँकी रहेको छ ।
इन्द्रसरोवर जलासयमा साउन १५ गते राति १२ बजेसम्ममा १५१८.५२ पानीको सतह थियो भने आज अपराह्न ४ बजेसम्ममा १५१८.३५ सतहसम्म मात्र पानी रहेको छ । हिजोको तुलनामा आज १७ सेन्टिमिटर पानी घटेको पाइएको कुलेखानी जलविद्युत् आयोजना नियन्त्रण कक्षका इन्चार्ज रामकुमार चौधरीले जानकारी दिए ।
कुलेखानी जलासयमा पानी सतह बढ्दै जाँदा अहिले कूल क्षमताअनुसार विद्युत् उत्पादन गर्दै आएको सो आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युत्बाट उत्पादित विद्युत् हेटौँडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रबन्धक धीरेन्द्र चौधरीले बताए ।
वर्षातको पानीबाट इन्द्रसरोवर जलासयमा पानीको सतह भरिएपनि विद्युत् उत्पादनको लागि नियमित तीन वटै आयोजनाको मेसिन सञ्चालनमा ल्याइएकाले कुनै खतरा उत्पान्न नहुने पनि जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार