दार्चुलामा वारिसे अवस्थामा यार्सागुम्बा बरामद
Advertisement

१७ साउन, दार्चुला । जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको छ । सदरमुकाम खलङ्गामा अवैध मदिरा नष्ट गर्ने अभियान चलाएकै बेला यार्सागुम्बा बरामद गरिएको हो ।

बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताएका छन् । प्रहरीले कूल ५३० वटा यार्सागुम्बा बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । यार्सागुम्बा बरामद गरेपछि सङ्कलनकर्तासँग सङ्कलन इजाजत नभएको हुँदा नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

“दुई दिनसम्म सङ्कलन इजाजत ल्याउन नसक्दा बरामद गरिएको यार्सागुम्बा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ”, उनले भने । डिभिजन वन कार्यालयले पनि यार्सागुम्बाको अनुसन्धान भइरहेको जनाएको छ । निमित्त डिभिजन वन अधिकृत अमरसिंह धामीका अनुसार सदरमुकाम खलङ्गामै यार्सागुम्बा भेटिएका कारण वनले यार्सागुम्बाको अनुसन्धान गर्छ । “यार्सागुम्बा बेवारिसे भेटिए पुनः लिलाम प्रक्रियामा जान्छ”, उनले भने।

Advertisement
Advertisement
Previous articleजग्गामा महिलाको स्वामित्व बढ्दै
Next articleराजविराजमा दुई करोड भन्दा बढी राजश्व असुली
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here