नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो
Advertisement

१७ साउन, काठमाडाैं । नेपालमा काेराेना भाइरस संक्रमितको संख्या २० हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएकाे जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएकाे छ। देशभर हालसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्।

Advertisement
Advertisement
Previous articleमाछा मार्दै वृद्धा
Next articleश्रम तथा रोजगार कार्यालयका प्रमुख सञ्जेल कार्यकक्षमै कुटिए

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here