सोमबारदेखि ‘जोगिन्दर’ गुट्का नेपाली बजारमा
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २२:३८:२
१८ साउन, काठमाडौं । जोगिन्दर पानवाला उपनामले लोकप्रिय अभिनेता शिव शंकर रिजालको नाममा ब्रान्ड निस्किने भएको छ । पान पसलेको रुपमा जोगिन्दरको भूमिकामा प्रस्तुत हुने उनको नाममा नेपाल ब्राण्डको एउटा गुट्खा निस्किने भएको हो ।
यही साउन १९ गते सोमबारदेखि बजारमा उपलब्ध हुने गुट्खाको नाम नै ‘जोगिन्दर गुट्का’ राखिएको छ ।
नेपालमै उत्पादन हुने उक्त प्रोडक्ट आफ्नो नामबाट निस्किदा कलाकार रिजाल निकै खुशी छन् ।
नेपाली कलाकारिताको इतिहासमै कुनै पनि कलाकारको उपनामबाट निस्किन लागेको प्रोडक्ट नेपालमा सम्भवतस् यो पहिलो हो । ‘मेरो नाममा प्रोडक्ट निकाल्दै छु भनेपछि मलाइ खुशी लाग्यो’ कलाकार रिजालले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भने – ‘हामीले प्रस्तुत गरेको क्यारेक्टरमा लगानी गरेर कसैले स्वदेशमा रोजगारीको अवसर ल्याउछ भने हामी खुशी हुनुपर्छ ।’
उत्पादक पूजा सुर्ती उद्योगका सञ्चालक हिरालाल शाहले पनि आफुले कम्पनी स्थापना गर्दै स्वदेशमा रोजगारीको सृजनामा लागेको बताए । उनले ब्राण्डका लागि अन्य नाम पनि कल्पना गरेका थिए, तर अरुसंग मिल्दो भएपछि आफुलाई मनपर्ने टेलिभिजन कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’ बाट जोगिन्दर सापटी लिदै प्रोडक्ट नै बजारमा ल्याएका उनको भनाइ छ ।
हिरालाल स्वयं पान व्यवसायी हुन् । उनले जोगिन्दरको टेलिभिजन कार्यक्रमका नियमित दर्शक समेत हुन् । ‘हामी पान व्यवसायीको शान जोगिन्दरजीले बढाएका छन । त्यसैले उनको सम्मानमा प्रोडक्ट बजारमा ल्याएका हौँ’ शाहले भने । शिवशंकरले उनले आफ्नो उपनाम प्रयोग गरेर स्वदेशमै कुनै प्रोडक्ट उत्पादन हुन्छ र त्यहाँ केहि नेपालीले रोजगार पाउँछन भने त्यो खुशीको कुरा रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार