कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अब अनलाइनमार्फत
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार २२:५१:२
१९ साउन, काठमाडौं । कर्मचारी सञ्चय कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अन्लाईन माध्यमबाट connectIPS e-Payment प्रणालीमार्फत गर्ने व्यवस्थाको थालनी गरेको छ । यसरी गरिएको कर्जा भुक्तानीको रकम संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआईसी एशिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ ।
यस डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्था गरेसँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अनलाईन माध्यममार्फत connectIPS बाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक तथा वित्तीय संस्थाहरुका खाताबाट गर्न सकिने छ भने अबदेखि ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टरसम्म पुग्नुपर्ने बाध्यता पनि रहने छैन ।
यसका निम्ति ऋृणीले connectIPS e-Payment प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिंक तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् । ऋृणीले www.connectips.com मा गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईल/UCIN नम्बर तथा ऋणीको नाम लगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानी गर्ने रकम दाखिला गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सक्दछन् भने कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआईसी एशिया बैंकमा रहेका तोकिएको खातामा सो रकम सोझै जम्मा हुनेछ । यससँगै कोषको आफ्नो प्रणालीमा पनि भुक्तानी सफल भएको जानकारी प्राप्त गर्न सकिनेछ ।
कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच गत वर्ष श्रावणमा नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो । सो सम्झौता अनुरुप गत वर्ष श्रावणदेखि नै कोषले प्रदान गर्ने धितो कर्जा लगायतका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ जसमा असार मसान्त २०७७ सम्म NPI मार्फत ने.रु. ५.३६ अर्ब बराबरको ३२ हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन् ।
यससँगै अनलाईनबाट कर्जा भुक्तानीको सुरुवात कोषको डिजिटाइजेशन तर्फको अर्को कोषेढुङ्गाको रुपमा लिइएको छ भने यसका साथै कोषले विभिन्न संस्थाहरुबाट कोषमा हुने कर्मचारीहरुको योगदानमा आधारित मासिक भुक्तानी लगायतका संकलन पनि निकट भविष्यमा अनलाईनमार्फत गर्ने योजना रहेको जनाएको छ ।
एनसीएचएलले NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment, connectRTGS र NPI प्रणालीहरु सञ्चालन गर्नुका साथै आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी- पिएसओ , सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ । विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल उपलब्ध connectIPS र NCHL-IPS को सञ्जालमा क्रमश ५५ र ६४ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।
कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् । कोषले पछिल्लो समयमा आफ्ना सेवाहरु विभिन्न डिजिटल माध्यमबाट प्रदान गर्ने योजनालाई कार्यान्वयन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
तथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार