कौडा र तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार २२:४४:१६
१९ साउन, काठमाडौं । काठमाडौंकाे टोखा नगरपालिका-६ बस्ने धर्म श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठ समेत ४ जनालाई नगद १ लाख ८ हजार ५ सय ५० रुपैयाँ र १६ वटा कौडा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
बाजुरा, गौमुल गाउँपालिका-४ बिज्याढुङ्गा बस्ने केशब रोकायाको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कलक रोकाया समेत ११ जनालाई नगद ५१ हजार २ सय ३५ रुपैयाँ र १ गड्डी तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौमुलेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार