सप्तरीमा मंगलबारदेखि सात दिने निषेधाज्ञा
नेपालबहस संवाददाता
साउन १९, २०७७ मंगलबार ०:२५:५९
◊ धीरुभाइ
१९ साउन सप्तरी । जिल्ला सुरक्षा समिति सप्तरीले भोली मंगलबारदेखि जिल्लाभरी सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । सुरक्षा समितिको सोमबार बसेको बैठकले भोली बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।
हालसम्म ५३१ जना काेराेना संक्रमितको संख्या पुगेको र संक्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्यु समेत भइसकेको अवस्थामा सजगता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरु आवश्यक रहेको भन्दै कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्य बाहेक कार्य नगर्न प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ वमोजिम राजविराज नगरसहित जिल्लाभरी निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीको निषेधज्ञा आदेशमा भनिएको छ । निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवा÷स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न-नगराउन भनिएको छ ।
निषेधाज्ञा आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने ब्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्न गराउन सचेत गराइएको छ । सो नमानेमा प्रचलित ऐन, नियम कानुन वमोजिम कारबाही हुने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार