आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १३:४४:२५
२१ साउन, काठमाडौं । देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ रहेकाले केही दिनयता मनसुन केही कमजोर भए पनि पूर्णरुपमा निष्क्रिय छैन । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै राति पनि देशका अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार