बाढीले कुलो बगायो, विद्युत् उत्पादन बन्द !
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १५:३६:४७
२१ साउन, बलेवा । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जनविद्युत् आयोजनामा क्षति पुगेको छ । पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका–६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ ।
विद्युत् उत्पादनका लागि बनाइएको कुलोभन्दा १०० मिटर माथिबाट खसेको पहिराले कुलो बगाएपछि विद्युत् उत्पादन बन्द भएको आयोजनाका प्रमुख ज्ञानबहादुर श्रीपालीले जानाकारी दिए । चामीद्वारको खानीखोलामा रहेको खानीखोला लघुजलविद्युत् आयोजनाबाट चामीद्वार, खानीखुरिया, काफँलबोट, काम्लोबोट, कसुङबोट र लाकुमका करिब १६७ घरधुरीले विद्युत् प्रयोग गर्दै आएका थिए । विद्युत् आपूर्ति बन्द भएपछि सबै गाउँमा सञ्चार सेवासमेत प्रभावित भएको छ ।
कुखुरा फार्म, साना कुटानी पिसानी मिललगायतका उद्योगसमेत बन्द भएका छन् । आयोजनाको कुलो मर्मत गर्न २० दिन लाग्न सक्ने श्रीपालीको भनाइ छ । सबै गाउँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । खानीखोलामा हरेक वर्ष बाढी र पहिरोको प्रभाव पर्ने गरेको छ ।
झरी रोकिएपछि जतिसक्दो छिटो कुलो निर्माण गर्ने आयोजनाले जनाएको छ । जिल्लाको निसीखोला, जैमिनी नगरपालिका र बडिगाड गाउँपालिकामा सञ्चालनमा रहेका लघुजलविद्युत्समेत बाढीका कारण प्रभावित छन् । अत्यधिक वर्षा हुँदा मुहान बगाउने, प्रसारण लाइनका पोल पहिरोले बगाउने, पाइपलाइनमा बाढी पसेर थुनिनेजस्ता समस्या आयोजनाहरु भोग्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार