मुसीकोटका चार सय घरधुरीमा बिजुली बल्दै
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार २०:३२:१५
२१ साउन रुकुमपश्चिम । मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत् पहुँचमा पुग्ने भएका हुन् ।
केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याउनका लागि हाल तार विस्तारलगायतका काम धमाधम भइरहेका छन् । अबको दुई साताभित्रमा बत्ती बाल्ने गरी काम भइरहेको वडा नं ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताए । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमार्फत वडा नं ७ का खालबोट, चौतारा, ग्याम्माखोला, जग्देछरा र च्यारनेटा तथा वडा नं ८ का खावाङखानी, क्वाम्मा खोला, उदिन ढुङ्गा, सल्लेधारा, घट्टेखोला र तिर्सिङ टोलमा विद्युत् पुग्दैछ ।
यसअघि यी टोलका नागरिकले स्थानीय पातलखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा लिइरहेका थिए । १८ किलोवाट क्षमताको उक्त आयोजनामा पटकपटक खराबी आउँदा समितिले सञ्चालन गर्न नसक्ने भएपछि यी टोलमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष बुढाको भनाइ छ ।
उनका अनुसार यसअघि नै गाडिएका पोलमा तार विस्तारको काम भइरहेको र प्रत्येक घरमा वायरिङको कामसमेत सकिएको छ । मिटर आउँन बाँकी रहेकाले मिटर आउने वित्तिकै सबै घरमा बत्ती बल्ने उनको भनाइ छ ।नगरपालिकाकै सबैभन्दा विकट वडाका रुपमा रहेको वडा नं ८ मा गत माग २९ गते केन्द्रीय प्रसारण लाइनको बत्ती बलेको थियो । वडा नं ७ मा भने पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बत्ती पुग्न लागेको हो ।
यसअघि वडाका ३५० देखि ४०० घरपरिवारले ३९ किलोवाट क्षमताको स्थानीय साँखखोला–१ लघुजलविद्युत् आयोजनाबाट सेवा लिँदै आइरहेका छन् । बाँकी रहेका घरधुरीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न लागेको वडा नं ७ का सदस्य तोकबहादुर खत्रीले जानकारी दिए। दुई वडाका ४०० बढी घरमा बिजुली बल्न लागेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
पक्की पुल नहुँदा फेरीबाट सवारीसाधन तारिँदै
बैशाख २४, २०८१ सोमबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनू’
बैशाख २४, २०८१ सोमबार
कतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार
अभिभावकत्वका लागि यी ७ कुरा महत्वपूर्ण
बैशाख २४, २०८१ सोमबार