कोरोनाले हिलेजात्रा पनि रोकियो
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २०:१४:३४
२२ साउन, टिस्टुङ । नेवार समुदायको इतिहास बोकेको परम्परागत हिलेजात्रा मकवानपुरको थाहा नगरपालिकामा रोकिएको छ । गाईजात्राको पर्सिपल्ट थाहा नगरपालिकाको घट्टेचौरमा पालुङका चार गाउँका नेवार समुदायको झाँकी, प्रहसन, रोपाइँ र नाचसहित मनाइने हिलेजात्रा यो वर्षका लागि स्थगन भएको हो ।
यसअघि आजका दिन थाहा नगरपालिका–३ घट्टेचौरमा भव्यरूपमा हिलेजात्रा लाग्ने गर्दथ्यो । मल्लकालदेखिको उक्त जात्रा यसअघि कहिल्यै नरोकिएकामा यस वर्ष कोरोना भाइरसको जोखिमका कारण स्थगन गर्नुपरेको इन्द्रायणी–भगवती–कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताए ।
हिलेजात्रा थाहा नगरपालिका–१ ओखरबजार, वडा नं २ पालुङ शहर र इन्द्रायणी बस्ती तथा वडा नं ३ गोपालीगाउँका नेवार समुदायले परम्परागत झाँकी, नाच र बाजासहित प्रदर्शन गर्ने गर्दछन् । गाउँगाउँबाट निकालिएको जात्राले घट्टेचौरमा पुगेपछि भव्य मेलाको रूप लिने गर्दछ ।
जात्रामा हजारौँ दर्शकका बीच खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखेनाच र धान रोपाइँको अभिनय र प्रहसन गरिन्छ । भीडभाड गर्दा कोरोनाको सङ्क्रमण हुनसक्ने भएकाले हिलेजात्रा रोकिए पनि नेवार समुदायले परम्परागतरूपमा देवीदेउताको पूजाआजा भने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार