कोरोना कहर : धराशायी बन्दै सञ्चारमाध्यम
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार ३:६:४६
♦ नारायण अधिकारी
२२ साउन, काठमाडौं । कोरोना भाइरस सङ्क्रमणसँगै व्यावसायिक क्षेत्रमा देखिएको प्रभावको प्रत्यक्ष असर सञ्चार उद्योगमा पनि देखिएको छ । सञ्चार उद्योगको मुख्य आम्दानी विज्ञापन हो । विज्ञापनदाता प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको हो । चितवन जिल्लामा चारवटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक, एउटा मासिक, २४ वटा अनलाइन, पाँच वटा टेलिभिजन र २३ वटा रेडियो छन् । तीमध्ये अधिकांश सञ्चारमाध्यम धान्न मुस्किल भएको छ । नियमित सञ्चालन भए पनि विज्ञापन नहुँदा प्रभावित भएका हुन् ।
कालिका एफएम र टीभी कालिकाका निर्देशक दीपक पौडेलले ऋण खोजेर तलब खुवाउनुपर्ने बाध्यतामा आइपरेको बताए । “आफ्नो संस्थामा बत्तीस जना पत्रकार-कर्मचारी कार्यरत छन्”, उनले भने, “उनीहरुलाई हरेक महिना तलब खुवाउँदै आएकामा अहिले दुई-दुई महिनामा तलब खुवाउन बाध्य भएका छौं ।” संस्था सञ्चालनका लागि मासिक रु आठ लाख खर्च हुने भन्दै उनले विज्ञापनदाताको अवस्था नै बिग्रिएपछि विज्ञापन आउन छाडेको बताए ।
जिल्लाको पुरानो दैनिक चितवन पोष्टका प्रबन्ध निर्देशक गोविन्द अर्यालले मासिक खर्चको ३३ प्रतिशत आम्दानी हुन नसकेको जानकारी दिए । लकडाउन अघिसम्म सरदर दैनिक रु ५० हजारको विज्ञापन हुने गरेकामा अहिले रु १० हजार पु¥याउन पनि मुस्किल परेको उनले बताए । यो दैनिकमा बत्तीस जना कर्मचारी कार्यरत रहेको बताउँदै उनले अहिले पनि मासिक खर्च रु नौ लाख भइरहेको जानकारी दिए। उनले भने, “खर्च रु. नौ लाख हुन्छ । आम्दानी रु. तीन लाख छ ।” अब पत्रिका कसरी धान्ने भन्ने चिन्ता भएको उनको भनाइ छ । पत्रकार-कर्मचारीलाई बेतलबी बिदा बस्न अनुरोध गर्ने तयारीमा आफू लागेको उनले बताए ।
आम्दानीले धान्ने गरी खर्चको व्यवस्थापन गर्ने तयारीमा आफू जुटेको अर्यालको भनाइ छ । सफल खबर अनलाइनका सञ्चालक सुरेशचन्द्र अधिकारीले खर्चको ४० प्रतिशत पनि आम्दानी गर्न मुस्किल परेको बताए । लकडाउन अघिसम्म १८ जना पत्रकार-कर्मचारी रहेकामा अहिले सफल खबरमा १४ जना कार्यरत छन् । मासिक रु. आठ लाख खर्च हुने भन्दै उनले अझै एक-दुई महिनामा पनि सुधार नभएमा कर्मचारी कटौतीको विकल्प नभएको बताए ।
सञ्चार उद्योग अहिले निकै सङ्कटमा रहेको भन्दै उनले सबैको साथ र सहयोग भएमा मात्र बच्नसक्ने बताए । आभास टेलिभिजनको अवस्था पनि अरुको जस्तै छ । टेलिभिजनका सञ्चालक कोमलचन्द्र भगतले आफैले काम गर्दा पनि लकडाउनमा रु. तीन लाख नोक्सान बेहोरेको गुनासो गरे । टेलिभिजनमा उनको श्रीमान-श्रीमती पूरै समय खटिरहेका छन् भने चार जना कर्मचारी रहेका छन् ।
हालसम्म जिल्लामा कुनै पनि सञ्चारमाध्यमले कर्मचारी निस्कासन गरेको उजुरी नेपाल पत्रकार महासङ्घमा आएको छैन । राजधानीबाट प्रकाशन र प्रसारण हुने अधिकांश सञ्चारमाध्यमका कार्यालय वा संवाददाता जिल्लामा छन् । केहीबाहेक अधिकांशले नियमित तलब नपाएको गुनासो गरेका छन् । नामभन्दा अप्ठ्यारो पर्ने भन्दै उनीहरुले आफ्नो दुखेसो पोखेका छन् । सञ्चालक पत्रकार आफैँ रहेर सञ्चालन भएका रेडियो, साप्ताहिक पत्रिका र अनलाइन पनि छन् । उनीहरुको गुनासो गर्ने न ठाउँ छ न निरन्तरता दिने अवस्था नै छ ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले लिखितरुपमा नभए पनि पत्रकार र सञ्चार उद्यमीले गुनासो गरिरहेको बताए । उनले भने, “उनीहरुले मौखिकरुपमा सञ्चारमाध्यमलाई निरन्तरता दिन कठिन भएको, नियमित तलब पाउन नसकेको गुनासो गरे ।” लकडाउनका समयमा जिल्लाका सबै पत्रिका बन्द भए पनि अहिले सञ्चालनमा आएका छन् । महासङ्घले सबै सञ्चार उद्यमीलाई फरकफरक समयमा बोलाएर अवस्थाका बारेमा बुझेको अध्यक्ष खतिवडाको भनाइ छ ।
स्थानीय तहलाई समानुपातिकरुपमा विज्ञापन वितरण गरिदिन आग्रह गरिएको भन्दै उनले लकडाउनकै समयमा ३४ पत्रकारलाई राहत वितरण गरिएको बताए । महासङ्घले निर्देशिका बनाएर पत्रकारलाई सकेसम्म घरबाट काम गर्न र बाहिर जानुपर्ने भए उच्च सावधानी अपनाउन आग्रह गर्दै आएको छ । सबै पत्रकारको महासङ्घले कोरोना बीमासमेत गरेको छ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भए नभएको स्थलगतरुपमा पुगेर अनुगमन पनि गरिरहेको उनले जानकारी दिए । जिल्लामा महासङ्घका २३६ सदस्य छन् । यसबाहेक ६० जना क्रियाशील पत्रकार छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार