स्थानीय तहहरुले गरेको खर्चको विवरण सार्वजनिक
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १७:५:१३
२३ साउन, लहान । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि जिल्लाका स्थानीय तहहरुले गरेको खर्चको विवरण सार्वजनिक गरेका छन् । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका लागि गरिएको खर्च विवरण सार्वजनिक गर्न चौतर्फी माग उठेपछि जिल्लाका १७ स्थानीय तहमध्ये १२ ले खर्च विवरण सार्वजनिक गरेका हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहहरुले खर्च विवरण प्रस्तुत गरेका छन् । कोरोना नियन्त्रण र राहत वितरणका लागि सिरहा नगरपालिकाले सबैभन्दा बढी रु पाँच करोड ९० लाख ८६ हजार ४३० र सबैभन्दा कम अर्नमा गाउँपालिकाले रु ३९ लाख ५९ हजार १०३ खर्च गरेको छ ।
यस्तै गोलबजार नगरपालिकाले रु एक करोड ६० लाख ८५ हजार ५३, कर्जन्हा नगरपालिकाले रु एक करोड ४८ लाख १५ हजार ८१६, धनगढीमाई नगरपलिकाले रु ५५ लाख ९४ हजार ६३३ तथा लहान नगरपालिकाले रु एक करोड ९८ लाख ४० हजार ७८ खर्च गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै मिर्चैया नगरपालिकाले रु एक करोड ७२ लाख ८१ हजार ७७, विष्णुपुर गाउँपालिकाले रु ८८ लाख ६१ हजार ७१०, बरियारपट्टि गाउँपालिकाले रु एक करोड ५७ लाख २३ हजार ७६७, नरहा गाउँपालिकाले रु ७३ लाख ५९ हजार २४९, लक्ष्मीपुर पतारी गाउँपालिकाले रु ६९ लाख ६५ हजार ६९५ र औरही गाउँपलिकाले रु दुई करोड २० लाख ८० हजार ९३० खर्च गरेको विवरणमा जनाइएको छ ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले रु ३० लाख ८६ हजार २८८ र जिल्ला अस्पतालले रु एक करोड ३८ लाख ५९ हजार ७०७ खर्च गरेको विवरण प्राप्त भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
खर्च विवरण सार्वजनिक गर्न नसकेका कल्याणपुर नगरपालिक, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिकालाई पनि खर्च विवरण सार्वजनिक गर्न पत्राचार गरिसकेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार