प्रदेश नं २ : ३१ महिलासहित १७९ जनामा काेराेना पुष्टि
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार २:२०:३६
२३ साउन, जनकपुर । पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा ३१ महिलासहित १७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सा जिल्लामा १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा नौ, रौतहटमा चार र बारामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४ पुगेको समाजिक विकास मन्त्रालयद्वारा आज जारी गरिएको तथ्याङ्कमा उल्लेख छ ।
यस प्रदेशमा सङ्क्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार ३०४ छन् । कोरोना सङ्क्रमणबाट यस प्रदेशमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । एक सातादेखि क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा क्रमिकरुपमा वृद्धि हुन थालेको छ ।
प्रदेशअन्तर्गत २२८ वटा क्वारेन्टाइनमा अहिले एक हजार २८९, होम क्वारेन्टाइनमा दुई हजार ६९१ र आइसोलेशन कक्षमा एक हजार ७२ जना बसेका छन् । यो प्रदेशमा अहिलेसम्म ६६ हजार १५६ जनाको स्वाबको नमूनाको परीक्षण गरिएकामा ५६ हजार ४८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार १६० जनाको रिपोर्ट आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार