सप्तरीमा आगामी भदौ २ गतेसम्म निषेधाज्ञा थपियाे
नेपालबहस संवाददाता
साउन २५, २०७७ सोमबार ०:४९:३
◊ धीरुभाइ
२५ साउन, सप्तरी । सप्तरीमा जारी निषेधाज्ञा आदेशलाई सात दिन थप गरी निरन्तरता दिने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति सप्तरी र जिल्ला संकट व्यवस्थान केन्द्रको आइतबार बसेको संयुक्त बैठकले आउँदो भदौ २ गते राती ११ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।
यसअघि गत २० गते बिहान ५ बजेदेखि २६ गतेसम्म साँझ ५ बजेसम्म जिल्लाभरी निषेधाज्ञा आदेश जारी गरेको थियो । जारी निषेधज्ञाको म्याद भोली सोमबार सकिनुअघि सो निर्णय गरेको हो । कोभिड–१९ संक्रमणको अवस्था एवं जोखिम विशलेषणको आधारमाथि उल्लेखित ऐनहरुले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जारी गरेको निषेधाज्ञा सूचनामा उल्लेख छ ।
निषेधाज्ञा कार्यान्वयन लगायत सम्बन्धि अन्य सम्पूर्ण व्योहोरा यसअघिको निषेधाज्ञामा उल्लेख भएबमोजिम यथावत रहने बताइएको छ । यसअघिको निषेधाज्ञा आदेशमा सजगता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरु आवश्यक रहेको भन्दै कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्य बाहेक कार्य नगर्न भनिएको थियो ।
आइतबार जारी निषेधाज्ञामा निषेधाज्ञा कायान्वयनमा साथ र सहयोगका लागि सम्पूर्ण सप्तरीवासीमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पर्ने कृष्णाष्टमी लगायत कुनै पनि धर्मको कुनैपनि चाडपर्व मनाउँदा यस निषेधाज्ञाको बर्खिलाप नहुने गरी घरमै सुरक्षितसाथ त्यस्ता चाडपर्व मनाउन अनुरोध गरिएको छ ।
निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवा-स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न÷नगराउन भनिएको थियो ।
आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने ब्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्न गराउन सचेत गराइएको छ । सो नमानेमा प्रचलित ऐन, नियम कानुन वमोजिम कारबाही हुने उल्लेख थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार