खैरो हिरोइनसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
साउन २५, २०७७ सोमबार १:५४:४९
२५ साउन, लहान । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेका अवस्थामा प्रहरीको टोलीले आज सिरहाको गोलबजार नगरपालिका–६ दोशटियाबाट छ जनालाई पक्राउ गरेको छ ।
खैरो हिरोइनको कारोवार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दोहटियास्थित पाण्डव गुप्ताका घरमा खैरो हिरोइनको कारोवार गरिरहेका गुप्तासहित छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २८ वर्षीय गुप्तासहित स्थानीयवासी २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, २० वर्षीय सैफली खान, १९ वर्षीय विवेक श्रेष्ठ र १९ वर्षीय शिरिल महरा रहेको प्रहरीले जनाएको छ ।
बिक्रीवितरणका लागि लुकाइछिपाई सेतो प्लाष्टिकको ससाना पाँच पोका, कालो प्लाष्टिकको एउटा ठूलो पोकामा रहेको एक ग्राम ४०० मिलीग्राम र फ्लाष्टिकबाहेक एक ग्राम २०० मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले लिए शपथ
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार