काठमाडौंका स्थानीय तह तीन हप्ता बन्द
नेपालबहस संवाददाता
साउन २६, २०७७ मंगलबार ०:२४:१८
२६ साउन, काठमाडौं । कोरोना महामारीको जोखिम र त्रास बढ्दै गएपछि काठमाडौं उपत्यकाका सबै स्थानीय तहबाट प्रभावित हुने सेवा तीन हप्ताका लागि बन्द गरिएको छ । उपत्यकाका स्थानीय तहका प्रमुख एवं मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को आज बसेको बैठकले तीन हप्ताका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौं कोरोनाको उच्च जोखिममा परेकाले स्थानीय तहको सेवा बन्द गर्न लागिएको मेयरहरुले बताएका छन् । आज बसेको बैठकले उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनकृष्ण श्रेष्ठले बताए ।
साथै मेयरहरुको बैठकले सार्वजनिक गाडी १५ दिनका लागि रोक गर्न माग समेत गरेको छ । अरु खोलेपनि सार्वजनिक गाडी १५ दिनका लागि बन्द गराउन मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने निर्णय भएको उनले बताए । पछिल्लो समय काठमाडौंमा दैनिक संक्रमितको मृत्यु हुन थालेको छ भने नयाँ संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार