महाकालीमा अस्पताल स्थापनाको पाँच दशकपछि शववाहन
नेपालबहस संवाददाता
साउन २७, २०७७ मंगलबार १६:३३:३६
२७ साउन, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पहिलोपटक शववाहन ल्याइएको छ । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल स्थापनाको झण्डै साढे पाँच दशकपछि शववाहन भित्र्याइएको हो ।
जिल्लामा यसअघि शववाहन नहुँदा ट्रक, ट्र्याक्टरलगायतका सवारी साधनमा शव दाहसंस्कारका लागि लैजाने गरिँदै आएको थियो । “अब शव व्यवस्थापनका लागि शववाहन आउँदा सहज हुने भएको छ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “शववाहन प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त भएको हो ।”
महाकाली अस्पतालमा पछिल्लो समय आन्तरिक सुधारमा निकै जोड दिइएको भन्दै अध्यक्ष जोशीले चिकित्सकलगायत अन्य स्वास्थ्य सुधारका लागि पनि लागिपरेको बताए । “केही समययता विभिन्न शल्यक्रिया पनि हुँदैछन्”, उनले भने, “बिरामीको सेवाका लागि आवश्यक स्वास्थ्य उपकरण पनि थपिँदै गएका छन् ।”
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले निर्देशनालयले स्वास्थ्य तथा व्यवस्थापन केन्द्रको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरलाई गरी दुई वटा शववाहन उपलब्ध गराएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार