‘भाई आरोप लगाए, गाह्रो प¥यो’ :- राजु कोइराला
नेपालबहस संवाददाता
साउन २८, २०७७ बुधबार २१:५३:१३
♦ प्रकाश डोटेल
२८ साउन, स्याङ्जा । घटना रहेछ अघिल्लो हप्ता अन्त्य तिरको । मैले चालु हप्ताको शुरुवातमा घटनाका बारेमा थाहा पाए । घटना सुनेपछि मलाई चासो बढ्नु स्वभाविक थियो । मैले हतार–हतारमा फोन लगाए, स्याङ्जा चापाकोट नगरपालिका वडा नं. १० निवासी नेकपा नगर कमिटी सचिव राजु कोइरालालाई ।
मोबाइलबाट गरेको फोन लाग्यो । मैले शुरुमा सोधे राजु दाई के सुने ? उताबाट उत्तर आयो के सुन्यौं प्रकाश भाई । मैले भने के के भन्छन्, चापाकोटतिर त हजुरलाई के भनेका हुन् ? उसै त नरम बोल्ने राजु कोइराला मसँग झन सानो र नरम शैलीमा भने, ‘के गर्नु भाई आरोप लगाए, आफूलाई आरोप लागेपछि गाह्रो हुदो रहेछ । गाह्रो प¥यो, भाईले सहयोग गर्न प¥यो ।’ मैले भने हुन्छ ।
दुवैको संवाद सकिएसँगै फोन राखियो । चापाकोट क्षेत्रमा आरोपको कुरा भुषको आगो सरी फैलिएको रहेछ । सामाजिक सञ्जालमा जता हे¥यो उतै नाम उल्लेख नगरि चापाकोट नेकपा नगर कमिटीका पदाधिकारीद्धारा एक दलित महिला बलात्कृत भन्ने आशय आएपछि मैले पनि सोधपुछलाई तीव्रता दिनु पेशागत जिम्मेवारी र कर्तव्य थिदै थियो ।
कोइरालासँग संवाद भएको भोलिपल्ट चापाकोट नेकपा नगर कमिटीको आयोजनामा आरोप विरुद्ध बिरोध ¥याली र प्रेस विज्ञप्तीमार्फत घटनामा नेकपा चापाकोट नगर कमिटीका जिम्मेवार कमरेडलाई आरोपित गरियो भन्ने आशयको विषय प्राप्त भयो । विषय आउँदा नआउँदै पेट्रोलियम व्यवसायी कोइराला भुषको आगो सरी सल्किसेकेका रहेछन् ।
के नेकपाको जिम्मेवार कमरेड चापाकोटमा राजु कोइराला मात्रै थिए ? किन जिम्मेवार कमरेडको पगरी राजुले बोक्नुपर्ने थियो र ? विषय विभिन्न समाचार माध्यममा समाचार बनेर आउन थाले । आफूलाई लागेको आरोप लगाउने पात्रको पहिचान गर्नमा हिड्नु पर्ने कोइरालाले पासेपासेको सल्लाहमा उल्टो समाते । उल्टो बाटोमा हिड्ँदा उनी आज नैतिक रुपमा ठूलो प्रश्नको खाडलमा परेका छन् ।
आन्तरिक छलफलबाट समाधान गर्ने आरोप सडकमा ल्याएपछि उनी नपरे को पर्छ ? नैतिकताको खाडलमा । वरिष्ठ भनाउँदा सल्लाहकारको लहैलहैमा लागेर पत्रकारलाई प्रेस काउन्सिलमार्फत ठेगान लगाउने र सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुलाई प्रहरी चौकीमा उभियाएर कारबाही गर्ने उनको जुक्तिबाट ‘………. पनि सके दैलो पनि देखे’ भन्ने उखान चरितार्थ नहोस् ।
राजु कोइराला माथि कसरी लाग्यो यत्ति बिग्न ठूलो र नैतिक संकटको आरोप । के राजुको विगत नजानेर, नबुझेका पात्रले आरोप लगाएका हुन् । विषय गम्भिर छ, तर राजुको हिड्ने बाटो उल्टो छ । राजुका बारेमा नजानेकाले आरोप लगाए । त्यत्ति मात्रै होईन्, आरोप लाग्ने भए विगतमा पनि लाग्नुपर्ने । आरोप लगाउनेले यसअघि पनि लगाउनुपर्ने ! मौका यहि हो भनेर किन र कसरी छोपियो ।
कोइराला माथि लागेको आरोपको जवाफ उनले ढिलो चाँडो दिनैपर्छ । यदि उनले त्यहि समाजमा बसेर राजनीतिको अवसर खोज्ने हो भने । होइन भने सत्ता, शक्ति, साम, दाम छ, अन्धो सत्ताको मतियार बने हुन्छ । आरोपबाट सजिलै उम्कन भने उनलाई फलामको चिउरा चपाए सरी हुन्छ ।
समाज रुपान्तरणको अग्रभागमा देखिने राजनीतिज्ञ समाजको एउटा सेलिब्रेटी पनि हो । सेलिब्रेटी हुँ भन्दैमा समाजमा उठेका नैतिक प्रश्नमा आँखा चिम्लन पटक्कै पाईदैन् । त्यो आँखा चिम्लने उनलाई छुट दिन पनि सकिदैन् । छुट पाउने मौका आएर छुट पाए भने भोलि उनलाई चुनावी मैदानमा “आरोप उनको बलात्कार, नेकपाको मतियार” विपक्षले मुद्दा नबनाउन ।
कोइराला माथि लागेको आरोप गम्भिर छ । भोलि पारिवारिक प्रतिष्ठा, राजनीतिक धरातल बलियो बनाउने की यत्तिमै छोडेर पाखा लाग्ने ? सामाजिक उत्तरदायित्व बहन गर्नेहरुलाई आरोप लाग्छ । “खाएको बिष लाग्ने हो, नखाएको बिष कसरी लाग्छ र ?” मौका छ, समयमै मौका नछोपिए समयले धिकार्ने छ ।
बलात्कार आरोप लागेका कोइरालाको विगत पनि सिधा रेखामा हिडेको पाईदैन् । हुन त राजनीति गर्नेको विगतका हिडाई सिधा हुदैन् । राजनीति हो, हिडाई बक्ररेखाको हुन्छ । आरोपलाई बक्ररेखामा हिडाउने प्रयास भए त्यसले अरु कसैलाई कमजोर बनाउँदैन, बनाउँछ त मात्र राजुलाई ।
कोइरालाको पारिवारिक पृष्ठभूमि सतहमा मुल्याङ्कन गरे जस्तो पनि थिएन र होईन पनि । उनी गाउँमा कुलघरनाकै सन्तती हुन् । उनले पछिल्लो सयम आर्थिक हैसियतमा जसरी उछाल ल्याए त्यसमा शंका गर्नेहरु जिल्लामा थुप्रै छन् । राजनीति गर्ने हो भने विगतमा लागेका आरोप र पछिल्लो समय लागेको आरोपबाट उन्मुक्ति पाउने सबै उनको हातमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार