ओली र मोदीबीच टेलिफोन वार्ता
नेपालबहस संवाददाता
साउन ३१, २०७७ शनिबार २२:२:५१
३१ साउन, काठमाडौं । चार महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन कुराकानी भएको हो ।
प्रधानमन्त्रीद्धयबीच सीमा, कोरोना भाइरसको नियन्त्रण लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको विषयमा दुवै देशका परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकालेका छन् ।
प्रधानमन्त्री ओलीले भारतसँग नेपालले अर्थपूर्ण सहकार्यको अपेक्षा गरेको मोदीलाई उल्लेख गरेका छन् । ‘प्रधानमन्त्रीले भारतसँग अर्थपूर्ण द्धिपक्षीय सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । उहाँहरुबीच द्धिपक्षीय मामिलाहरुमा भविश्यमा निरन्तर छलफल गर्ने सहमति भएको छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पछिल्लो समय नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि भारत रुष्ट बनेको थियो । त्यसयता दुई देशका प्रमुखबीच खासै कुराकानी हुन सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार