डब्लूएचओले भन्यो, यूवा समूहबाट कोरोना फैलियाे !
नेपालबहस संवाददाता
भदौ २, २०७७ बुधबार २:३५:४६
२ भदौ, एजेन्सी । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले काेराेना भाइरसकाे महामारी स्वरुप परिवर्तन जनाएकाे छ । २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएपछि महामारी भाइरसकाे स्वरूप परिवर्तन भएकाे हाे ।
पहिले पाका उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय विश्वव्यापी रुपमै यूवावयका व्यक्तिहरुमा संक्रमण देखिने क्रम बढिरहेको हाे । यसले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका क्षेत्रका बूढाबूढी र बिरामी व्यक्तिहरुलाई जोखिममा पारेको पनि डब्लूएचओले बताएको छ ।
डब्लूएचओका पश्चिम प्रशान्त क्षेत्रीय निर्देशक ताकेशी कासाईले मंगलबार भर्चुअल ब्रिफिङका क्रममा भने, २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिबाट कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । तीमध्ये धेरैलाई त आफू संक्रमित छु भन्ने पनि थाहा छैन ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ भनिएका देशहरुमा समेत पछिल्लो पटक तीव्र रुपमा संक्रमण फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठने कोरोनाविरुद्धको खोप निर्माण गरिरहेका सबैलाई आवश्यक अनुसन्धान पद्धति र विकासको चरणलाई पालना गर्न पनि आग्रह गरेको छ ।
करिब ९ महिनाअघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर संक्रमित हुनेको संख्या २ करोड १८ लाखभन्दा बढी पुगेको छ । त्यस्तै कोरोनाबाट ७ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना पुष्टि भएकामध्ये करिब एक करोड ३८ लाख निको भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार