बेनीका ११० घरमा खरको हटाएर जस्तापाटाको छाना
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार १४:०:१७
५ भदौ, म्याग्दी । बेनी नगरपालिकामा ११० वटा घरमा खरको हटाएर जस्ताको छाना राखिएको छ । बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको हटाएर जस्तापाटा राखेका हुन् । सबैभन्दा बढी वडा नं ३ मा पर्ने भकिम्लीमा ६१ घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राविधिक अर्जुन थापाले जानकारी दिए । सदरमुकाम बेनी बजार अवस्थित ७ र ८ नं बाहेक रत्नेचौर, भकिम्ली, ज्यामरुककोट, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतमा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन भएको थियो ।
छाना फेर्नका लागि जस्तापाटा खरिद गर्न प्राविधिकले तयार पारेको लगतअनुसार एक जनाले पैतिस हजार रुपैयाँसम्म अनुदान पाएका छन् । वडा कार्यालयले सङ्कलन गरेको आवेदनको आधारमा छनोट गरिएका घरधनीलाई छानो फेरेपछि अनुदान दिइएको थियो । खरको छाना विस्थापित गर्ने कार्यक्रमका लागि रु. ७० लाख विनियोजन भएकोमा रु.४१ लाख भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले जानकारी दिए । गत वर्ष छुटेकालाई यस वर्षको कार्यक्रमबाट समेटिने नगरपालिकाले जनाएको छ ।
आगलागीबाट हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न खरको छाना विस्थापित गर्न नगरवासीलाई सत प्रतिशत अनुदानमा जस्तापाटा उपलब्ध गराएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । खरको छानाको घरमा आगलागीको उच्च जोखिम हुन्छ । छानामा जस्तापाटा राखेपछि दुर्घटनाको जोखिम घट्नुका साथै वर्षेनि खर, बाँस किनेर छाउनुपर्ने झन्झटबाट नगरवासीले मुक्ति पाएको बेनी नगरपालिका–३ भकिम्लीका रनबिर घर्तीले बताए ।
स्थानीयबासीले सुरक्षित महशुस गरेका छन् । आर्थिक अभावमा गुज्रिएका विपन्न समुदाय खरको छाना विस्थापित गर्ने कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताए । खर कुहिएर पानी चुहिने र भित्रै घाम पस्ने समस्या हटेकोमा उनिहरु खुसी भएका छन् । जस्तापाटा पाएपछि कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदमा आफैँ खर फालेर छाना फेरेका थिए । छाना हटाउने क्रममा जीर्ण बनेका घरहरुको मर्मत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्जमा खानेपानीको संकट गहिरिँदै
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसले मंगलबार बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार