मोबाइलको डिस्प्लेसहित भारतीय नागरिक पक्राउ
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार १९:२२:११
५ भदौ, कैलाली । कैलालीमा रु १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ‘आरआईटी’ समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल टीकापुर नगरपालिका–१ मा डेरा गरी बस्ने चाँद अलीलाई रु १६ लाख ८९ हजार ६०० बराबरको मोबाइलका डिस्प्लेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आज जानकारी दिए ।
भारतीय नागरीक अलीको कोठाबाट अवैधरूपमा भन्सार छली ल्याएका विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले फोल्डरहरु एक हजार २६७ थान फेला पारी बरामद गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
मोबाइलका डिस्प्ले फोल्डरहरु र निज अलीलाई आवश्यक कारवाहीका लागि आजै मूल भन्सार कार्यालय सत्ती कैलालीमा पठाइएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार