कोरोना व्यवस्थापनका लागि प्राविधिक समिति
नेपालबहस संवाददाता
भदौ ६, २०७७ आइतबार १:२५:१२
६ भदौ, चितवन । चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ‘जिल्ला स्तरीय कोभिड—१९ प्राविधिक समिति’ गठन गरिएको छ । जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी रहेका छन् ।
त्यस्तै समितिको सदस्यमा चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा. लोकवहादुर सेढाई, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुवर, नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि पौडेल रहेका छन् ।
यसैगरी भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिपक सुवेदी, नर्सिङ सङ्घ चितवनका अध्यक्ष मायाँ पाण्डे, चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्साल र पुरानो मेडिकल कलेजका डा. प्रिया पाठक सदस्य रहेका छन् ।
सदस्य सचिव तिवारीका अनुसार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार कोरोनाका बिरामीको उपचारमा आबश्यक प्राविधिक सहयोग गर्नेछ । लक्ष्ण देखिएका बिरामीलाई अस्पतालमा र बाँकीलाई स्थानीय तहको आइसोलेसनमा राख्न आवश्यक प्राविधिक सहयोग समितिले गर्नेछ ।
मन्त्रालयको निर्देशनानुसार निजी अस्पतालमा क्षमताको २० प्रतिशत कोभिडका बिरामीको उपचारका लागि आवश्यक समन्वय पनि समितिले गर्ने सदस्य सचिव तिवारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार