विदेशमा अलपत्र नेपालीलाई भोलिदेखि स्वदेश आउन दिइने
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार ०:९:८
८ भदौ, काठमाडौं । कोरोनाका कारण विदेशमा अलपत्र रहेका नेपालीलाई भोलिदेखि स्वदेश आउन दिइने भएको छ । यसअघि होटेल क्वारेन्टाइनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारदेखि अकस्मात नेपाल आउन रोकिएको थियो ।
गत साता दुवईबाट नेपाल आउन आतुर नेपालीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाज स्वदेश आउने आशामा दुवई विमानस्थलमा बसिरहे पनि रित्तै फर्काईएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भोलिदेखि उद्धार उडान शुरु दावी गरेपनि आफैमा हास्याँस्पद रहेको छ । किनभने नेपाल आउने सबै यात्रुहरुले आफ्नै खर्चमा टिकट, पीसीआर परीक्षण , होटल क्वारेन्टाइन आदिको व्यवस्था गर्नुपर्ने हुन्छ । नेपाल सरकारको यसमा कुनै जिम्मेवारी र भुमिका देखिएको छैन् ।
बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउनेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । यो दिन नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु ल्याउने छ । सोही दिन यूरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले बोकेर काठमाडौं ल्याउने गरी तालिका तय गरिएको छ । सरकारले १६ भदौबाट भने नियमित उडान गर्ने निर्णय गरिसकेको छ ।
अब नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर रिर्पोट हुनुपर्नेछ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वारेन्टाइनमा राखेको खर्च एयरलाइन्सले नै व्यहोर्नुपर्नेछ । वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउने छन् । नेपाल आइसकेपछि अब सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
साथै सरकारले एक दिनमा ५०० यात्रु मात्रै ल्याउन पाइने नियम बनाएको छ । यसले विदेशबाट आउने टर्किस र कतार एयरले एक उडानमा एकसय जना मात्रै ल्याउन पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार