स्थानीय तहद्वारा आइसोलेशन व्यवस्थापनमा आलटाल
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार २३:५०:११
◊ राजकुमार पराजुली
१० भदौ, काभ्रेपलाञ्चोक । समुदायस्तरमा कोरोना सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको अवस्थामा यहाँका अधिकांश स्थानीय तह आइसोलेशन कक्ष व्यवस्थित गर्न आलटाल गरिरहेका छन् । १३ स्थानीय तहमध्ये आठले हालसम्म आइसोलेशन कक्ष निर्माण गरेका छैनन् ।
आइसोलेशन कक्ष तयार गरेका पाँच स्थानीय तहमध्ये बनेपा नगरपालिकाले ५० बेड र धुलिखेल नगरपालिकाले ३१ बेडको कक्ष तयार गरेका हुन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार हाल तीन नगरपालिका पाँचखालले सात, पनौतीले छ र नमोबुद्धले छ बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेका छन् । मण्डनदेउपुर नगरपालिका तथा खानीखोला, महाभारत, रोशी, बेथानचोक, तेमाल, भुम्लु र चौंरीदेउराली गाउँपालिकाले हालसम्म आइसोलेशन कक्ष व्यवस्थित गरेका छैनन् ।
बनेपाले प्राविधिक शिक्षालय भवनमा र धुलिखेल नगरपालिकाले सञ्जीवनी उच्च माविको भवनमा हालै मात्र आइसोलेशन कक्ष व्यवस्थित गरेका हुन् । कोरोना सङ्क्रमितलाई उपचारार्थ राख्न आइसोलेशन कक्ष व्यवस्थित गर्नुपर्ने भएको हो । जिल्लाभित्र कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढ्दै गएपछि करिब दुई महिनाअघि नै पोष्ट र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको संयुक्त बैठकको निर्णयसँगै स्थानीय तहलाई आइसोलेशन कक्ष बनाउन पटकपटक आग्रह गर्दै आएको जनाइएको छ ।
“सबै स्थानीय तहलाई आइसोलेशन कक्ष व्यवस्थित गर्न आग्रह गर्दै आएका छौँ, केहीले मात्रै बनाएका छन्, अन्यले वास्ता गरेका छैनन्” पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा।नरेन्द्रकुमार झाले भने । उनका अनुसार स्थानीय तहले आइसोलेशन नबनाए जिल्लाका अस्पतालले सङ्क्रमित धान्नसक्ने अवस्था छैन ।
पोष्ट र केन्द्रले सबै स्थानीय तहलाई प्रारम्भिक चरणमा १० बेडको आइसोलेशन कक्ष तयार गर्न पटकपटक आग्रह गर्दै आएको हो । झाले भन्नुभयो, “स्थानीयस्तरमा सङ्क्रमित देखिन थालेका छन्, त्यो सङ्ख्या बढेपछि बनाउन बाध्य होलान् कि १” यहाँका स्थानीय तहले हालसम्म जम्मा सय बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेका हुन् ।
छ बेडको आइसोलेशन कक्ष तयार गरेका नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले आवश्यकताअनुसार आइसोलेशन बेडको सङ्या बढाउन तयारी अवस्थामा रहेको बताए । उनका अनुसार उक्त नगरका पाँच सङ्क्रमितमध्ये दुई धुलिखेल अस्पतालको आइसोलेशनमा उपचाररत रहेका छन् भने तीन उपचारपछि हाल ‘होम क्वारेन्टाइनमा’मा बसेका छन् ।
भुम्लु गाउँपालिकाले कोरोना सङ्क्रमित बढ्दै गए पनि आइसोलेशनका लागि आवश्यक स्वास्थ्यकर्मी नहुँदा व्यवस्थित नगरिएको जनाएको छ । “चिकित्सकलगायत जनशक्ति भए स्थानीयस्तरमै सङ्क्रमितको उपचार गर्न आइसोलेशन कक्ष तयार गर्न सकिन्छ, तर अहिले सम्भव छैन”, अध्यक्ष गुमानध्वज कुँवरले भने । उनका अनुसार गाउँपालिकाका १० कोरोना सङ्क्रमितमध्ये हाल तीन मात्रै आइसोलशनमा उपचाररत छन् ।
जिल्लामा हालसम्म १६३ मा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६८ उपचारपछि घर फर्किएका छन् । बाँकी ९३ सङक्रमित विभिन्न आइसोलेशनमा उपचाररत छन् । विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस् सङ्क्रमण फैलँदै गएपछि २०७६ चैत महिनायता यहाँका स्थानीय तहले ८४५ शै्ययाको क्वारेन्टाइन बेड व्यवस्थित गरेका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार