नदी कटानका कारण फोहर व्यवस्थापनमा समस्या
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार १४:३:४
११ भदौ, दमौली । फोहर फाल्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि तनहुँको व्यास नगरपालिकाले विगत एक महिनादेखि बजार क्षेत्रबाट फोहर सङ्कलन गर्न सकेको छैन । व्यास नगरपालिका–३ स्थित भतेरीमा मादी नदीले कटान गरेपछि एक महिनादेखि बजार क्षेत्रको फोहर उठ्न नसकेको हो ।
नगरपालिकाले बजार क्षेत्रबाट सङ्कलन गरेर बिसर्जन गर्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि समस्या भएको व्यास नगरपालिका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिए । “नगरक्षेत्रबाट सङ्कलन गरिने फोहरमैला मादी नदी नजिकको भतेरीमा फाल्ने गरिन्थ्यो, मादीमा आएको बाढीले उक्त ठाउँ नै कटान गरिदिएर फोहर पनि बगाइदियो,” ढुङ्गानाले भन्नुभयो, “ठाउँ अभावमा अहिले बजार क्षेत्रको फोहर उठाउन सकेका छैनौ ।”
व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको थियो । कोभिड–१९ का कारण नगरपालिकामा बन्दाबन्दी भएकाले पसलहरु बन्द रहेपनि घरबाट निस्कने फोहरमैला व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले सोच्नुपर्ने व्यास नगरपालिका–२ निवासी विकास खनालले बताए ।
सरसफाइ उपशाखा प्रमुख ढुङ्गानाले भने केही दिनभित्रै नियमित रुपमा फोहर सङ्कलन गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए । भतेरीमा रहेको बाबुलाल श्रेष्ठको केही जग्गा दुई तीन महिना लिएर उक्त ठाउँमा फोहर व्यवस्थापन गर्न लागिएको उनले बताए ।
वर्षाले भतेरी जाने बाटो बिग्रिएपनि नगरपालिकाले बाटो मर्मत भने गरिसकेको छ । फोहर बिर्सजनका लागि वैकल्पिक व्यवस्थापन गर्न बजार क्षेत्रका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीले भतेरीको अवलोकन गरेको थियो । “तत्कालका लागि भतेरीमै व्यवस्थापन गरेर फोहर बिसर्जन गर्ने व्यवस्था मिलाइएको छ, केही दिनभित्रै फोहर उठ्छ,” ढुङ्गानाले भने ।
नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकामा डम्पिङ साइट नहुँदा विगत वर्षौदेखि भतेरीमा फोहर फाल्दै आइरहेको छ । डम्पिङ साइट निर्माणका लागि नगरपालिकाले विगतमा व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा जग्गा अध्ययन गरेको थियो । तर स्थानीयवासीको विरोधपछि नगरपालिका उक्त ठाउँबाट पछि हटेको छ ।
नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन आइर्इ गर्ने तयारी गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार