दुई लाख चोरीमा संलग्न दम्पती पक्राउ
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १६:३३:१
१४ भदौ, पोखरा । कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै रु दुई लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । लामिछानेले वाइरिङको काम गर्दै आएका थिए ।
प्रवक्ता हमालका अनुसार अष्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोखरेलको दुईतले घरबाट ती दम्पतीले घरको चाबी फोरेर टिभी, प्रेसरकुकरलगायतका भाँडा, लत्ताकपडा र रु एक लाख ९५ हजार ५५० चोरी गरेका थिए । घटनालगत्तै अनुसन्धानमा खटिएको वडा प्रहरी कार्यालय रामबजारसहित जिल्लाको टोलीले उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको एलजी स्मार्ट टिभी एक थान, क्यानोन क्यामरा एक थान, मोबाइल एक थान, लत्ताकपडा र भाँडावर्तन बरामद गरेको छ । पक्राउ पर्ने दम्पतीलाई चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थल र चोरीको प्रकृति हेर्दा चोरीमा अन्यको पनि संलग्नता हुनसक्ने भन्दै सूक्ष्मरूपमा अनुसन्धान अगाडि बढाइएको प्रवत्ता हमालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार