सुदूरपश्चिममा थप १०० जनामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार १३:१०:३७
१५ भदौ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०० जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।
आइतबार सङ्क्रमित फेला पर्नेमा कैलाली, कञ्चनपुर, अछाम, डोटी दार्चुला र बझाङ जिल्लाका छन् । यो सँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ५०५ महिला र चार हजार २४९ पुरुष गरी कूल पाँच हजार ७५४ पुगेको छ । आइतबारसम्म प्रदेशमा कोभिड–१९का सबैभन्दा बढी सङ्क्रमित कैलालीमा एक हजार ६९९ जना पुगेका छन् ।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार डोटीमा ९२२, अछाममा ८९९ ,कञ्चनपुरमा ६७९, बाजुरामा ४५२, डडेलधुरामा ३१६, बैतडीमा ३६९, बझाङमा ३७० र दार्चुलामा ४८ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई-दुई र अछामका एक जना गरी ११ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
आइतबार अछाम र कञ्चनपुर जिल्लाबाट समेत गरी ८९ जना उपचारपछि डिस्चार्ज भएसँगै प्रदेशमा कूल डिस्चार्ज हुनेको सङ्ख्या चार हजार ९२२ पुगेको छ । सङ्क्रमितमध्ये प्रदेशका विभिन्न अस्पतालका आइसोलेसनमा १०१, नौ वटै जिल्लाका आइसोलेसन केन्द्रमा ६५० र होम आइसोलेसनमा १२० जना रहेका छन् ।
केही हप्तायता पीसीआर पद्धतिबाट शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन र परीक्षणको दायरा वृद्धि भएको छ । हाल दैनिक बढीमा एक हजार ७३० वटा सम्म नमूना जाँच भइरहेको छ । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेशको अस्थायी राजधानी शहर धनगढी उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना परीक्षणको काम शुरु गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
सडक ढलान गर्दा भ्रष्टचार गरेको आरोपमा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार