मंगलबार , कार्तिक ४, २०७७

लिवर्टी र समाज लघुवित्तको आईपीओ बाँडफाँड

लिवर्टी र समाज लघुवित्तको आईपीओ बाँडफाँड

१५ भदौ, काठमाडौं । लिवर्टी इनर्जी कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट आज भएको छ । लिवर्टी इनर्जीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो भने समाज लघुवित्तको बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटल रहेको छ ।

लिवर्टी इनर्जी कम्पनीको आईपीओमा ७० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारका लागि बिक्री खुला गरिएको कित्ताको मागभन्दा १.९६ गुणा धेरै हो । यस कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले यसअघि स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्दा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत थप गरी ३५ लाख ६४ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो । लिवर्टीको आईपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

लिवर्टीकाे ३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएकाे छ । ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ । सामुहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता शेयरमा आवेदन नपरेको क्यापिटलले जनाएको छ । उता कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता शेयरमा पनि ६ हजार १०० कित्ता शेयरमा मात्र आवेदन परेको छ। सामुहिक लगानी कोष र कर्मचारीले आवेदन नगरेको शेयर पनि सर्वसाधारणलाई वितरण गरिएको छ ।

समाज लघुवित्तको शेयर बाँडफाँड

मागभन्दा १४८.२३ गुणा बढी आवेदन परेको समाज लघुवित्तको शेयर गोलाप्रथाबाट बाँडफाँट भएको छ । जसमा ८ हजार ७० जनाले न्यूनतम १० कित्ता शेयर हात पारेका छन् । ५ लाख ५५ हजार ९२८ जनाको भने हात खाली भएको छ। यसमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए । कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको छ । समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । २०६८ साल फागुन २५ गतेदेखि सञ्चालनमा आएको समाज लघुवित्तको केन्द्रीय कार्यालय सिराहमा रहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण पुष्टि १८ घण्टा पहिले
धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या ६ दिन पहिले
प्रहरी हवल्दार दम्पती ४ लाख घुस आरोपमा रंगेहात पक्राउ प्रहरी हवल्दार दम्पती ४ लाख घुस आरोपमा रंगेहात पक्राउ ४ दिन पहिले
बैतडीमा चाडपर्व लक्षित लकडाउन, शक्तिपीठहरुमा मेला, जात्रा नगर्न आग्रह बैतडीमा चाडपर्व लक्षित लकडाउन, शक्तिपीठहरुमा मेला, जात्रा नगर्न आग्रह ४ दिन पहिले
स्याङ्जा प्रशासन र राजनीतिक दलका नेताहरुको जनतामारा निर्णय, सीडीओकाे चर्काे आलोचना ! स्याङ्जा प्रशासन र राजनीतिक दलका नेताहरुको जनतामारा निर्णय, सीडीओकाे चर्काे आलोचना ! ५ दिन पहिले
गाउँपालिका अध्यक्षलाई कुटपिट गर्नेलाई कारवाहीको माग गाउँपालिका अध्यक्षलाई कुटपिट गर्नेलाई कारवाहीको माग ४ दिन पहिले
आज दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइदैँ आज दशैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइदैँ २ दिन पहिले
जापानका प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने जापानका प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जाने ४ दिन पहिले