कालोपत्रमा गुणस्तरहीन गिटी र बालुवाकाे प्रयोग !
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार २०:३५:३६
१५ भदौ, खोटाङ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहीन बालुवा प्रयोग गरिरहेको पाइएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी ‘साविकको राजापानी–२’ मा सव–बेस बिच्छ्याउन पाखाबाट ल्याइएको गिटीलाई नै ढलानको काममा प्रयोग गरिरहेको पाइएको वडाध्यक्ष सन्तोष खत्रीले बताए । “सडकको पर्खाल निर्माणको काममा भित्तामा पाइने रातो रङ्गको ‘गेगरे र खस्रो’ माटोलाई बालुवाका रुपमा प्रयोग गरिरहेको पाइयो”, उनले भने, “डे«न निर्माणका क्रममा पाखाबाट उठाएर ल्याइएको गिटीलाई प्रयोग गरिरहेको पाएपछि रोक लगाइएको छ ।”
निर्माण कम्पनीका प्रतिनिधि नवीन मैनालीले सडकको काममा क्रसरको गिटी र खोलाको बालुवा प्रयोग भइरहेको दाबी गरे । निर्माणस्थलमै खटिइरहेका दिक्तेल सडक आयोजनाका सुपरभाइजर बिन्देश्वर साहले पनि गुणस्तरहीन गिटी तथा बालुवा प्रयोगका विषयमा जानकारी नभएकोे बताए ।
सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सिम्पानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रका काम भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र फोक्सिङटारदेखि सिम्पानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्डको काम देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले गरिरहेको छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले गत पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइदिएका थिए ।
कालोपत्रको काम भइरहेको उक्त सडकखण्डको गुणस्तरका बारेमा जनताले आफूहरुसँगसमेत पटकपटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिए । “कालोपत्रको काम गुणस्तरहीन भएको जनगुनासो आएपछि हामीले ठेकेदार कम्पनीलाई खबरदारी गरिरहेका छौँ”, उनले भने, “आगामी दिनमासमेत नसच्चिएमा कारवाहीको प्रक्रिया अगाडि बढाउनेछौँ ।”
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक २०७७ साउन ११ गते सम्पन्न गर्नेगरी सडक विभागले ठेकेदार कम्पनीसँग गरेको सम्झौता गरेको थियो । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मिति सकिएको महिना दिन बितिसक्दा पनि उक्त सडक कालोपत्रको काम आधा पनि नभएको स्थानीय बासिन्दा मिलन राईले बताए ।
फराकिलो पार्ने, दायाँबायाँ नाली तथा पर्खालको काम भइरहेको उक्त सडक हिउँदभर मात्र सञ्चालन हुने गरेको छ । दुई वर्षअघिदेखि कालोपत्र थालिएको उक्त सडकको काम सम्पन्न नहुँदा अहिले हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ ।
सोही सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको कामसमेत ठेकेदार कम्पनीको लापरवाहीले अगाडि बढेको छैन । फोक्सिङटारमा पक्की पुल नहुँदा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रमुख सडक मानिने दिक्तेल–गाईघाट सडक करीब छ महिना मात्र सञ्चालन हुन्छ ।
करीब १३४ किलोमिटर लामो दिक्तेल–गाईघाट सडक खण्डको गाईघाटबाट खोटाङको महुरेसम्मको १०१ किलोमिटर सडक कालोपत्र गर्न सडक विभागको रु दुई अर्ब ६८ करोड बजट लगानी छ । शिलान्यास गरिएको २३ वर्षपछि कालोपत्रको काम थालिएको उक्त सकड समयमा सम्पन्न गर्न स्थानीय बासिन्दाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई पटकपटक जिल्ला प्रशासन कार्यालयमा झिकाएर दबाब दिँदै आएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरवारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार