शुक्लाफाँटामा २५ शैयाको आइसोलेसन सञ्चालन
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार १७:२:३६
१६ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना सङ्क्रमितहरुको उपचारका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो ।
कारोना भाइरस सङ्क्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । “पच्चीस शय्याको आइसोेलेसन सञ्चालन गरेका छौँ”, उनले भने, “बिरामीको सङ्ख्याका आधारमा शय्या सङ्ख्या बढाउँदै लैजाने योजना छ ।”
आइसोलेसनमा नगरपालिका क्षेत्रका भारतबाट फर्केका १० कारोना सङ्क्रमितलाई राखिएको छ । आइसोलेसनमा बस्नेलाई दुई छाक खाना र नास्ताको व्यवस्था गरिएको छ । लक्षणविहीन सङ्क्रमितलाई आइसोलेसनमा राखिने र लक्षणसहितका सङ्क्रमितलाई महाकाली अस्पतालको आइसोलेसनमा पठाउने व्यवस्था गरिएको स्वास्थ्यकर्मी लोकेन्द्र ऐरले बताए ।
नगरपालिकाले यसअघि भारतबाट फर्कनेहरुलाई होम क्वारेन्टिनमा पठाउँदै आएकामा अबदेखि श्रीकृष्ण माध्यमिक विद्यालयमा क्वारेन्टिनको व्यवस्था गरी राख्ने भएको छ । “भारतलगायत अन्य मुलुकबाट फर्कनेहरुलाई सिधै सीमा क्षेत्रबाट क्वारेन्टिनमा राख्छौँ”, नगरप्रमुख दिलबहादुर ऐरले भने ।
भारतलगायत अन्य मुलुकबाट आउनेलाई नगरपालिकाले यसअघि होम क्वारेन्टिनमा पठाउँदै आएको थियो । समुदायमा सङ्क्रमण फैलिने खतरा बढेपछि क्वारेन्टिनको व्यवस्था गरिन लागेको हो । नगरपालिकामा हालसम्म ७१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार