बुधबार , असोज १४, २०७७

चार अर्ब ५० करोडको आईपीओ दुई वर्षदेखि अलपत्र !

चार अर्ब ५० करोडको आईपीओ दुई वर्षदेखि अलपत्र !

१६ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि आवेदन दिने कम्पनीहरु १६ वटा पुगेका छन् । बोर्डले गत साउन २९ गतेसम्म आईपीओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरु १६ वटा रहेको जनाएको हो । ती कम्पनीहरुले जम्मा चार करोड ४४ लाख ७३ हजार सात सय ४६ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन् ।

हिमालयन हाइड्रोपावर लिमिटेडले २०७६ कार्तिक २७ गते पहिलो पटक आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो । कुल २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको हिमालयनले आवश्यक कागजात पेश गर्न नसक्दा आईपीओ जारी गर्ने काम प्रक्रियामा नै थन्किएको छ । हिमालयनले आईपीओ निष्काशनका लागि जनता क्यापिटललाई नियुक्त गरेको छ । हिमालयनले स्थानीय र आम सर्वसाधारणलाई बोर्डबाट स्वीकृत भएपछि शेयर जारी गर्नेछ ।

यस्तै बिन्ध्याबासिनी जलविद्युत विकास कम्पनी लिमिटेडले पनि आईपीओ जारी गर्नको लागि २०७६ माघ १ गते बोर्डमा निवेदन दिएको थियो । कुल २५ लाख कित्ता शेयर जारी गर्ने प्रक्रिया स्वरुप कम्पनीले बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले पनि आवश्यक कागजपत्र पुर्याउन नसक्दा शेयर निष्काशनको अनुमति पाउन भने सकेको छैन् ।

त्यस्तै रुरु जलविद्युत परियोजनाले पनि २०७७ असार २५ गते आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन पेश गरेको छ । स्थानीय प्रभावितका लागि प्रतिकित्ता १०० अंकित चार लाख सात हजार सात सय पाँच कित्ता र सर्वसाधारणका लागि प्रतिकित्ता १२० अंकित चार लाख सात हजार सात सय छ कित्ता गरि जम्मा आठ लाख १५ हजार ४११ कित्ता शेयर निष्काशनको लागि एनएमबी क्यापिटलमार्फत प्रक्रिया थालेको छ । सो परियोजनाको पनि आवश्यक कागजपत्र भने नपुगेका कारण शेयर निष्काशनको काम प्रक्रियामा नै रहेको छ ।

त्यस्तै डिश मिडिया नेटवर्क लिमिटेडले पनि सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने उद्देश्यले २०७७ असार ३० गते बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत डिश मिडियाले २३ लाख ८५ हजार नौ सय २९ कित्ता शेयर जारी गर्न बोर्डमार्फत आवश्यक तयारी थालिरहेको छ ।

शुभम् पावर लिमिटेडले पनि २०७५ भदौ २७ गते आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको थियो । दुई वर्षदेखि पाइपलाईनमा बसेको सो कम्पनीको आईपीओ निष्काशनका लागि आवश्यक कागजपत्र पेश गर्न नसकेकै कारण ढिलाई भइरहेको छ । कलु पाँच लाख ८० हजार ५८ कित्ता शेयर आयोजना प्रभावित र स्थानीयको लागि जारी गर्न लागिएको छ । बोर्डले पटक पटक आवश्यक कागजी प्रक्रिया पुरा गर्न निर्देशन दिसकेको छ । कम्पनीको बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल रहेको छ ।

इमर्जिङ नेपाल लिमिटेडले पनि आईपीओ निष्काशनका लागि २०७६ साउन २३ गते बोर्डमा निवेदन दिएको छ । कुल पाँच लाख कित्ता शेयर जारी गर्ने कार्यका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यसैगरी सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि २०७६ कार्तिक २५ गते शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो । बोर्डले ४ पटकसम्म आवश्यक कागजपत्र पुर्याउन निर्देशन दिएको थियो । सनराईज क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरेको उक्त कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया पुरा गर्दैछ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले पनि स्थानीय र आम सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको छ । १२ लाख कित्ता शेयर निष्कशनका लागि कम्पनीले गत २०७६ असोज १३ गते बोर्डमा निवेदन दिएको थियो । एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सो कम्पनीको शेयर निष्काशनका लागि पनि बोर्डले आवश्क कागजपत्र पुरा गर्न निर्देशन दिएको छ ।

काठमाडौंमा केवलकार संचालन गरिरहेको कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले पनि २०७७ जेठ २५ गते शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक तोकेको लिमिटेडले १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

त्यसैगरी बिक्री प्रबन्ध सीबीआईएल क्यापिटल लिमिटेडले पनि तीन लाख कित्ता शेयर निष्काशनको लागि बोर्डमा २०७५ बैशाख १९ गते निबेदन दिएको थियो । नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको सीबीआईएलको शेयर आवश्यक कानुनी प्रक्रिया पुरा नभएको कारण बोर्डबाट स्वीकृति पाउन सकेको छैन ।

त्यसैगरी मेलुङ्ग खोला जलविद्युत कम्पनीले पनि शेयर निष्काशनको लागि २०७४ असोज २० गते बोर्डमा निवेदन दिएको थियो । ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड ले पनि शेयर निष्काशनका लागि २०७६ वैशाख ९ गते बोर्डमा निवेदन दिएको थियो । बिओके क्यापिटल बिक्री प्रबन्धक रहेको सो लिमिटेडले ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर जारी गर्ने प्रक्रियामा नै रहेको छ ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले पनि २०७६ भदौ २० गते शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो । मेगा क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरेको सो लिमिटेडले ४३ लाख ५० हजार कित्ता शेयर ल्याउन तयारी थालिरहेको छ ।

त्यस्तै मध्ये भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पनि २०७६ माघ ७ गते बोर्डमा शेयर निष्काशनको लागि निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित १ करोड ५० लाख कित्ता शेयर जारी गर्नको लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीलाई आवश्यक कागजपत्र पुरा गरेपछि मात्रै बोर्डले स्वीकृती दिने छ ।

त्यसै गरी दुई वटा बीमा कम्पनीको पनि शेयर बोर्डको स्वीकृतिका लागि पाइपलाइनमा नै छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको शेयर निष्काशनका लागि कागजी प्रक्रियाहरु पुरा हुँदैछन् ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले ३० लाख कित्ता शेयर जारी गर्नको लागि २०७७ साउन ९ गते बोर्डमा निवेदन दिएको छ । एनआईबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको इन्स्योरेन्सको शेयर बोर्डको स्वीकृति पश्चात बिक्री हुने छ ।

त्यस्तै सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले शेयर निष्काशनका लागि २०७७ साउन ९ गते नै बोर्डमा निवेदन दिएको थियो । एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सो इन्स्योरेन्सले पनि ३० लाख कित्ता शेयर जारी गर्ने तयारी गरीरहेको छ ।

यसप्रकार आवश्यक कानुनी प्रक्रिया पुरा गरेमा निकट भविष्यमा नै ९ वटा हाइड्रोपावर, दुई वटा बीमा कम्पनी र ५ वटा अन्य क्षेत्रका गरी कुल ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७ सय २० रुपैयाँ बराबरको आईपीओ आउने तयारीमा रहेको छ ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले