भोकविरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार १३:१९:४
१९ भदौ, जाजरकोट । विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक खाद्यान्न वितरणको कार्य शुरु भएको सकारात्मक सोच तथा जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले जानकारी दिए ।
डिसहोमलगायतका सहयोगीदाताको पहलमा सहयोग जुटेपछि जाजरकोटमा यो अभियान शुरु भएको हो । निम्न आर्थिक अवस्था र प्रकोपमा परी समस्यामा परेका नागरिकलाई सहयोग गरेको डिसहोमका प्रतिनिधि वसन्तप्रसाद शर्माले जानकारी दिए ।
पहिलो चरणमा शिवालय गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका १०० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । प्रतिपरिवार २५ केजी चामल र पाँच केजी दाल प्रदान गरिएको हो । शिवालय गाउँपालिकाका बाढी पहिरो प्रभावित अति विपन्न ३० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । त्यस्तै छेडागाड नगरपालिकाका ४० र जुनीचाँदे गाउँपालिकाका ३० परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको डिसहोमका प्रतिनिधि शर्माले जानकारी दिए ।
अर्को चरणमा बाढीपहिरो प्रभावित जिल्लाका बारेकोट गाउँपालिका र अरु स्थानीय तहमा खाद्यान्न वितरण गर्ने कार्यक्रम छ । खाद्यान्न पाएपछि जुनीचाँदे गाउँपालिका–४ का अस्मिता नेपालीले खुसी व्यक्त गनुभयो । “घरमा अन्न नभएपछि कसरी छाक टार्ने भन्ने समस्याले सताइरहेको थियो । चामल पाएपछि पेट भर्न पाइने भो”, दाताहरुलाई भगवानको सङ्ज्ञा दिँदै उनले सबैलाई धन्यवाद दिए ।
शिवालय गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर पुन, छेडागाडा–५ का वडाध्यक्ष महेन्द्रबहादुर शाही र जुनीचाँदेका कार्यवाहक अध्यक्ष शिवा आचार्यले राहत हस्तान्तरण गरे । भोक विरुद्धको सहायता अभियानमा डिस होमले नगद रु दुई लाख सहयोग गरेको छ । सत्कार इलेक्ट्रोनिक्स जाजरकोटका प्रोप्राराइटर वसन्तप्रसाद शर्माले ब्यानर र खानबस्नका लागि रु १५ हजार सहयोग गरे । जुनीचाँदेको खाद्यान्न ढुवानीको जिम्मा गाउँपालिकाले लिएको थियो ।
जाजरकोटबाट शुरु गरिएको भोक विरुद्ध सहायता अभियान क्रमशः कर्णालीका अन्य जिल्लामा पनि सञ्चालन गरिने अभियानकर्मी कार्कीले बताए । खान नपाएर कोही पनि मानिस मर्नु नपरोस् भनेर अभियानको थालनी गरिएको बताउँदै कार्कीले भने, “हामीलाई विभिन्न व्यक्ति तथा संस्थाले गरिरहेको सहयोगबाट हामी उत्साहित छौँ । हुनेबाट मागेर नहुनेलाई दिने गरी अभियान थालिएको हो । सबैको साझा प्रयासबाट नै यो अभियान सफल हुने हो । तपाइँ हाम्रो थोरै सहयोगले पनि विपन्न वर्गको चुल्लो बल्न सकोस् भन्ने अभियानको उद्देश्य हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार