फूलले बजार नपाएपछि चिन्तामा पुष्प व्यवसायी
नेपालबहस संवाददाता
भदौ २०, २०७७ शनिबार १६:५०:१६
२० भदौ, बनेपा । ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरमा फार्मका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका हुन् । उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको फार्म सञ्चालकले बताए । बनेपाका युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले शुरु गरेको पुष्प व्यवसाय फस्टाएपनि बेच्ने बेलामा कोरोनाको महामारीसँगैको बन्दाबन्दीले फूल सुकेर गएको बताए ।
काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग काठमाडौंको बजारमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए । फार्म सञ्चालक प्राणनाथ कायस्थ भन्छन, “अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो, बन्दाबन्दीले बजारसम्म लान पाइएन”, उनले भने, “लगानी गर्नुमात्रै भयो ।” तीन जना मिलेर करिब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताए ।
बन्दाबन्दी असार र साउनमा डेढ लाखसम्मको फूल बेचेको भएपनि त्यसले ज्याला समेत नउठेको उनले बताए । एकातिर बजार नपाउनु अर्कोतिर अलिअलि गरेर बेचेको फूलपनि बजारभाउभन्दा आधा मूल्यमा बेचेको उनले बताए । बन्दाबन्दी नभएको भए यसबीचमा पाँच -छ लाखको फूल बिक्री हुनेथियो ।
आम्दानी लिन नपाएपनि वार्षिक डेढलाख भाडा तिर्नुपरेको उनीहरुले बताए । “लाखौँको लगानी गरेर शुरु गरेको खेती उत्पादन भएर बजार नपाउँदाको जस्तो पीडा अरु छैन, आगामी दिनमा सरकारले सहुलीयत ऋण र अनुदान व्यवस्थापन गरिदिएको खण्डमा यो व्यवसायलाई निरन्तर अगाडि बढाउन सहज हुनेछ”, उनीहरुले भने । उक्त फार्ममा जर्वेरा, पिकक्, जिप्सी, सयपत्री र रजनीगन्ध ‘ट्युरोज’ लगायतका फूल छन् ।
अर्का पुष्प व्यवसायी सरराज उप्रेतीले यस वर्ष उत्पादन भएको फूल बिक्री गर्न नपाएरै सुकेर गएको बताए । दुई वर्ष अगाडि श्री प्राणनाथ फ्लोरा फार्म स्थापना गरी शुरु गरेको फूल खेतीले एक वर्ष अगाडि सयपत्री फूल बेचेर मात्रै सात लाखसम्म बिक्री गरेको भएपनि यस वर्ष टनेलभित्र नै ओइलिएर गएको उप्रेतीले बताए । “यस वर्ष त सबै फुलेको फूलहरु मल बनाउनुप¥यो”, उनले भने, “गत वर्षतिर मागअनुसार उत्पादन गर्न नसकेकोमा यस वर्ष भने पुष्प व्यवसायीको लगानी बालुवामा पानी भने जस्तै सबै फूलहरु फाल्नुप¥यो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार