बिहिबार , असोज १५, २०७७

सीपीएल क्रिकेटमा सट्टेबाजी खेलाउने ६ जना पक्राउ

सीपीएल क्रिकेटमा सट्टेबाजी खेलाउने ६ जना पक्राउ

२२ भदौ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी र लागू औषधको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार र लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नं.२ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन् । भरतपुर महानगरपालिका वडा नं.७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन् ।

उनीहरुलाई प्रहरीले अनलाईन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो । उनीहरुबाट नगद रू।१ लाख ७२ हजार ५ सय र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइलवरामद गरीएको थापाले जानकारी दिए ।

यसै गरी प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं.२ का २५ वर्षाीय किशोर शाह र स्याङजा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल खैरहनी नगरपालिका वडा नं.१ बस्ने ४२ वर्षका राजेश बस्याल छन् । उनीहरुलाई आइतबार साँझ ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले