रहेनन् लेखक तथा निर्देशक छेतेन गुरुङ
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १७:१९:१५
२४ भदौ, काठमाडौं । नेपाली चलचित्रका लेखक तथा निर्देशक छेतेन गुरुङको मृत्यु भएको छ । बुधबार बिहान गुरुङको मृत्यु भएको हो । लामो समयदेखि कलेजो रोगबाट ग्रसित उनको पछिल्लो समय उपचार जारी रहेपनि सञ्चो हुन सकेको थिएन ।
केही दिनयता गम्भिर अवस्थामा रहेका उनको बुधबार बिहान २ बजे ४२ बर्षको उमेरमा महारागंजस्थित मेट्रो अस्पतालमा मृत्यु भएको हो । नेपाली चलचित्र क्षेत्रमा उनी स्क्रिप्ट लेखकका रुपमा चर्चित छन् । कथा र पटकथा लेखनमा आफ्नो छाप बनाएका उनले पछिल्लो समय निर्देशकका रुपमा पनि परिचित थिए ।
एक समयको सुपरहिट चलचित्र ‘नोभेम्बर रेन’को कथा लेखेर उनले आफूलाई चलचित्र लेखकका रुपमा परिचित गराएका थिए । जुन चलचित्रबाट उनले उत्कृष्ट लेखकको अवार्ड पाउँदा आर्यन सिग्देल र नम्रता श्रेष्ठले उत्कृष्ट नायक नायिकाका रुपमा धेरै अवार्ड जितेका थिए ।
‘डमरुको डन्डबियो’ चलचित्र निर्देशन गरेका उनले पछिल्लो समय ‘प्रेमगित ३’ निर्देशन गरेका थिए । सन्तोषसेन ठकुरीको हिट सिरिज अन्तर्गत ‘प्रेमगित ३’ को कथा लेखेका उनले निर्देशनको जिम्मा समेत पाएका थिए । मनाङमा गएको हिउँदमा चलचित्रको सुटिङ गरेका उनी अहिले पोष्ट प्रोडक्सनमा व्यस्त थिए । चलचित्र गएको चैत २८ गते प्रदर्शन गर्ने भनेपनि कोरोनाका कारण २०७७ चैत २८ गते सरेको थियो । यो चलचित्र उनको जीवनको अन्तिम चलचित्र समेत बनेको छ ।
यही बीचमा उनलाई पुरानै रोगले च्यापेको हो । कुनै समय गाँजा, चुरोट र लागुऔषधका अम्मली गुरुङ लामो समय रिह्याब सेन्टरमा बसेका थिए । लागुऔषध दुव्र्यसनीकै क्रममा उनी झण्डै एकपटक गम्भिर बिरामी पर्दा मृत्युको मुखबाट फर्केका थिए । त्यहीबेला उनले आफ्नी छोरीले भनेको मानेर लागुऔषध छाडेका थिए । तर उनलाई लागुऔषधको असर भने दीर्घकालिन रुपमा शरीरमा परिसकेको थियो ।
जसका कारण उनले ४२ बर्षकै अल्पायुमै ज्यान गुमाउनुपर्यो । उनकी आमा र छोरी छन् । उनकी श्रीमतिको भने यसअघि नै मृत्यु भइसकेको थियो । गुरुङको मृत्युमा नेपाली चलचित्र क्षेत्रका सबैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा, खुल्यो डिजिटल अडिसन
बैशाख २६, २०८१ बुधबार
‘पूजार सार्की’को ट्रेलर सार्वजनिक
बैशाख २५, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार