जिल्ला अस्पतालमा गर्भपतन गराउने वृद्धि
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार १८:४०:५
२४ भदौ, दार्चुला । यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन् । गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ ।
“जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका छन्, यो सङ्ख्या निकै धेरै हो”, जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले भने। यसअघि २०७५/७६ मा २१६ जनाले अस्पतालमा आएर गर्भपतन गराएका थिए । “विगतमा मेडिकलबाट औषधि लिएर घरमै प्रयोग गर्ने गर्थे, तर अहिले चेतनास्तरमा आएको परिवर्तनले पनि सुरक्षित गर्भपतन सेवा लिने बढेको हुनसक्छ”, डा दुवाल भन्छन् ।
महिला र पुरुषका लागि परिवार नियोजनका विभिन्न अस्थायी साधन हुँदाहुँदै पनि महिलाको स्वास्थ्यलाई जोखिममा पारेर गर्भपतन गराउनु खतरा हुने उहाँको भनाइ छ । यो तथ्याङ्कले अहिले परिवार नियोजनको साधन प्रयोगकर्ता घटेको देखाउँछ । जिल्ला अस्पतालमा एक वर्षको अवधिमा ४९८ जनाले प्रसूति सेवा लिएका छन् । यस्तै आव २०७४/७५ मा ५७८ र २०७५/७६ मा ४९१ जनाले प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।
अस्पताल पुगेकामध्ये ४१८ जनाले सामान्य तवरमै प्रसूति सेवा लिएका छन् । यस्तै ३५ जनाको शल्यक्रियाद्वारा प्रसूति सेवा दिइएको डा दुवालले जानकारी दिए । जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका २१ जनालाई अन्यत्र अस्पतालमा प्रसूतिका लागि सिफारिस गरिएको छ । जिल्ला अस्पतालमा आएर परिवार नियोजन सेवा लिनेमा कन्डम प्रयोगकर्ता ११२ जना मात्रै छन् । पिल्स ५१, डिपो लगाउने २५८, आइयुसिडी लिने चार र इमप्लान्ट राख्नेको सङ्ख्या ७५ जना रहेको अस्पतालले जनाएको छ ।
यस्तै जिल्ला अस्पतालमा पाँच नवजात शिशुको ज्यान गएको छ । समयमै अस्पताल पु¥याउन नसक्नु तथा सडक नहुँदा बोकेरै ल्याउँदा पनि नवजात शिशुको ज्यान गएको डा दुवालले बताए। पहाडी क्षेत्रमा गाउँबाट सुविधासम्पन्न अस्पतालसम्म पुग्नै समय लाग्छ । ढिला गरी अस्पताल आउँदा नवजात शिशुको मृत्यु हुने गरेको उनको भनाइ छ । जिल्ला अस्पतालमा मातृ मृत्युदर भने गत वर्ष शून्यावस्थामा छ ।
लैङ्गिक हिंसामा परेकालाई निःशुल्क सेवा
जिल्ला अस्पतालले लैङ्गिक हिंसामा परेका महिलालाई निःशुल्क सेवा दिएको छ । विभिन्न कारणले पीडित भएर अस्पताल पुगेका दुई महिलालाई निःशुल्क स्वास्थ्य सेवा दिइएको जिल्ला अस्पतालका डा दुवालले जानकारी दिए ।
यस्तै घरेलु तथा लैङ्गिक हिंसामा परेर अस्पतालसम्म पुगेका पाँच महिलालाई परामर्श सेवा दिएको छ । परामर्श सेवापछि उनीहरुलाई सुरक्षित घर सेफहाउसमा राखिएको थियो । जिल्ला अस्पतालले हरेक वर्ष ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न, अतिगरिब महिला स्वास्थ्य स्वयंसेविका तथा बेवारिसे भएर अस्पताल पुगेकालाई पनि निःशुलक स्वास्थ्य सेवा दिँदै आएको डा दुवालले बताए ।
अस्पतालको ओपिडीमै पुगेर ३६ अपाङ्गता भएका व्यक्ति, दुई हजार १४५ ज्येष्ठ नागरिक, विपन्न अतिगरिब ८३४ जनाले सेवा लिएका छन् भने आकस्मिक सेवाअन्तर्गत ४६२ ज्येष्ठ नागरिक तथा १५४ गरिब अतिविपन्न परिवारले स्वास्थ्य सेवा पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार