बर्दियामा वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बन्ने
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार २०:५५:१३
२४ भदौ, काठमाडौं । बर्दिया जिल्ला, मधुवन नगरपालिकास्थित खाता करिडोर संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडकखण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड नमूना ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न लागेको यो नेपालको पहिलो योजना हो । खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ओभरहेड ब्रिज ४५ मिटर चौडाइको हुने छ ।
ओभरहेड ब्रिज निर्माणका लागि झण्डै रु नौ करोड लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै चालु आवदेखि निर्माण शुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताए । प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको विस्तृत परियोजना प्रतिवेदन गौमुखी इञ्जिनीयरिङ सर्भिस प्रालि ललितपुरबाट तयार भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नम्बर ५ को यो एकदमै नवीनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्छ । हुलाकी सडकको झण्डै दुई किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । सोमध्ये झण्डै साढे पाँच सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुन्छ ।
खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोड्ने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघलगायत संरक्षित वन्यजन्तु नियमित रुपमा नेपाल–भारत आवतजावत गर्छन् । वन्यजन्तुको आवागमनलाई ध्यानमा राखी खाता करिडोर क्षेत्रमा वन्यजन्तुका लागि ओभरहेड ब्रिज बनाउन लागिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ । खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा सो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार