शनिबार , असोज १०, २०७७

बाढीले सालझण्डी–ढोरपाटन सडकको १० किलोमिटर क्षति, उद्दार र राहतमा सकस

बाढीले सालझण्डी–ढोरपाटन सडकको १० किलोमिटर क्षति, उद्दार र राहतमा सकस

२५ भदौ, गलकोट। जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ ।

बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटनको बाढीले सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको छ । जिल्ला सदरमुकामदेखि करिब १२१ किलोमिटरको दूरीमा रहेको बाढीग्रस्त क्षेत्रमा राहत पु¥याउन नसक्दा प्राप्त राहत पनि बुर्तिवाङमै थन्किएको छ ।

ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँद्वारसम्मको सडक ठाउँ–ठाउँमा बगाएको छ । सडक भएको स्थानमा भूजीखोलाको बाढी आए पछि दुई किलोमिटर पैदल मार्गसमेत छैन । सालझण्डी ढोरपाटन सडक आयोजनासँगको सहकार्यमा तत्कालै सडक खुलाउने गरी काम तीव्ररुपमा भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।

“धेरै ठाउँमा बाढीले सडक बगाएको छ, भूजीखोलाको तिरैतिर सडक भएका कारण खोलाले अधिकांश सडक कटान गरेको हो”, नगर प्रमुख नेपालीले भन्नुभयो “तत्कालै बाढीग्रस्त क्षेत्रमा सडक पु¥याउन असम्भव रहे पनि सडक सञ्चालन प्रयास जारी छ, तीन वटा डोजरले काम गरिरहेको छ ।” तीन दिनदेखि निरन्तरको प्रयासमा बोबाङको ढोकड गाउँमा यातायात पुग्नेगरी सडक सञ्चालन गरिएको छ ।

अबरुद्ध सडक खुलाउन सालझण्डी ढोरपाटन सडक आयोजनाले पनि अग्रसरता लिएको छ । आयोजनाले २१ गते स्थलगत अनुगमन गरी सडक मर्मतका लागि स्थानीय तह र जनप्रतिनिधिको रोहबरमा निर्माण कम्पनीलाई जिम्मा दिएको छ । बोबाङ गाउँदेखि माथी भूजीखोलाले पहाडको कुना सम्मै करिब १० किलोमिटर सडक बगाएका कारण ट्रयाक खोल्नै समस्या हुने देखिएको सडकको स्थलगत अनुगमनका लागि ढोरपाटन पुग्नुभएको सालझण्डी ढोरपाटन सडक आयोजनाका इञ्जिनियर सुरेश चौधरीले जानकारी दिए।

सरकारको प्राथमिकरणको आयोजना मध्येको एक सालझण्डी ढोरपाटन सडक जतिसक्दो छिटो खुलाउनका लागि स्थलगत अनुगमनबाट लागत स्टिमेट तयार गरि काम थालिएको आयोजना कार्यालय सन्धिखर्क अर्घाखाचीका आयोजना प्रमुख जयलाल मरासिनीले बताए । “आयोजनाले सडक बगाएको खबर पाउँदा साथ आयोजनाका प्राविधिकलाई स्थलगत निरीक्षण गरी लागत अनुमान निकाल्न पठाएको थिए” मरासिनीले भने “विस्तृत लागत अनुमान बन्दैछ, हामीले सडक विभाग हुँदै अर्थ मन्त्रालयमा सडकमा पु¥याएको क्षतिको जानकारी गराएका छौं ।”

मरासिनीका अनुसार, तत्कालै साना सवारी ढोरपाटनको देउराली पु¥याउनका लागि रु पाँच करोड लागत अनुमान गरेको भए पनि पुरानै अवस्थामा सडक फर्काउनका लागि झण्डै रु ६० करोड खर्च लाग्ने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । भूजीखोला बाढी पश्चात धार परिवर्तन गरेका कारण सर्वप्रथम नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गर्न आवश्यक रहेको छ । बाढीले ठूला–ठूला ढुङ्गा बगाएर सडकमा ल्याएको र कुनै स्थानमा चट्टान कटान गर्नुपर्ने भएकाले सडक सञ्चालन कठिन भएको हो ।

सामान्य ट्रयाक खोलेर राहत सामाग्री लैजाने गरी सोमबारदेखी काम थालिएको हो । सडक सञ्चालन गर्न नगरपालिकाले समेत आफ्नो डोजर खटाएको छ । सडक आयोजनाले थप डोजर परिचालन समेत गर्ने तयारीमा छ । आयोजनाले २० देखि २५ दिन भित्रमा ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत २२ घण्टा पहिले
कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने २२ घण्टा पहिले
स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी २३ घण्टा पहिले
प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! २२ घण्टा पहिले
चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी ! चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी ! २४ घण्टा पहिले
डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग २२ घण्टा पहिले
ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध २३ घण्टा पहिले
पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! २३ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले