सोमबार , असोज १२, २०७७

आज काठमाडौंमा विजोर नम्बरका गाडी मात्रै चलाउन पाइने

आज काठमाडौंमा विजोर नम्बरका गाडी मात्रै चलाउन पाइने

२५ भदौ, काठमाडौँ । झण्डै एक महिनादेखिको निषेधाज्ञा हटेपछि काठमाडौं उपत्यकामा जोर विजोर प्रणालीमा गाडी चल्न थालेका छन् । आज बिहीबार उपत्यकामा बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महिनाको गतेका आधारमा बिहीबार विजोर नम्बरका गाडी मात्रै चलाउन दिएको हो । जोर नम्बरका गाडी चलाउनेलाई भने बाटोमै रोकिएको छ ।

यसअघि हिजो बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–विजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए ।

सोही अनुसार आज बिजोर नम्बरका सवारी चलाउन दिइएको हो । भोलि भने जोर नम्बरका गाडी चल्न पाउनेछन् । आज जोर नम्बर चलाएर हिडेका ४ सय २६ बढी गाडी नियन्त्रणमा लिनुका साथै चालकलाई प्रहरीले बाटोमै रोकेको छ ।

यस्तै प्रहरीले ट्याक्सीमा चालकसहित ३ जनाभन्दा बढी बस्नेलाई कारबाही थालेको छ । एकै परिवारका मान्छे ट्याक्सी चढेमा ५ बर्षमुनिका दुईजना बच्चालाई पनि सँगै राख्न पाउनेछन् ।

बिहीबार जोर नम्बरका गाडीका चालकलाई सम्झाई बुझाई छाडिने र भोलिदेखि नियम उल्लंघन गर्नेलाई कारवाही गर्ने प्रहरीको चेतावनी छ । झण्डै एक महिनाजति निषेधाज्ञा गरिएपनि उपत्यकामा संक्रमण नघटेपछि जोखिम कम गर्न जोर विजोर प्रणाली लागु गरिएको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले