शनिबार , असोज १०, २०७७

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, वन छेउका घरहरु जल्ने खतरा

उत्तरी क्यालिफोर्नियाको डढेलो अझ फैलियो, वन छेउका घरहरु जल्ने खतरा

२५ भदौ, काठमाडौं । उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार तिब्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आआफ्ना घर छाड्न बाध्य भएका छन् ।

पहाडी इलाकाको वनमा डढेलो फैलिएर घरबस्ती भएको तल्लो समथर भूभागमा आइपुगेको अधिकारीहरुले बताएका छन् । क्यालिफोर्नियाको राजमार्ग गस्ती प्रहरी बेन ड्रापरका अनुसार एक व्यक्ति कारभित्र घाइते अवस्थामा भेटिएका थिए ।

सान फ्रान्सिस्कोको उत्तरपूर्वी क्षेत्रमा सयौं, हजारौं घर डढेलोको चपेटामा आएको र अधिकांश ती घरमा क्षति पुगेको अग्निनियन्त्रकहरुले बताएका छन् । उक्त आगोले प्याराडाइज क्षेत्रमा पनि विनाश निम्त्याउने खतरा बढाएको छ । यो क्षेत्र गत वर्षको विनाशकारी वनडढेलोबाट पनि क्षतिग्रस्त भएको थियो । सुख्खा मौसमका कारण वनडढेलो तिब्र रुपमा फैलिएको छ ।

मौसम पूर्वानुमान अधिकारीहरुका अनुसार केही दिनभित्र मौसममा सामान्य सुधार आउने छ । यसबाट अग्निनियन्त्रकहरुले सन्तोषको केही सास फेर्न पाउने अपेक्षा गरिएको छ । उता वासिङ्टन राज्यमा पनि एकै दिन विशाल क्षेत्रमा आगो फैलिएको छ । आगलागीका कारण अरेगन र इडाहो शहरबाट धेरै मानिस अन्यत्र पलायन हुनु परेको छ । कोलोराडो र मोन्टानामा भने उत्तर ध्रुवीय चिसो हावाका कारण डढेलो केही मत्थर देखिएको छ ।

अगष्टको मध्यदेखि फैलिएको वनडढेलोका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ६०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । जंगलबाट आएको बुधबारको बाक्लो धुँवा पूरै राज्यमा फैलिएको थियो । क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञान वैज्ञानिक डानियल स्वेनले विगत २४ घण्टाको अवधिमा कम्तीमा ४०० वर्ग माइल (एक हजार ३६ वर्ग किलोमिटर) क्षेत्र सखाप भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले