शनिबार , असोज १०, २०७७

सुर्खेत मालपोत कार्यालयका दुई लेखापढी व्यवसायी पक्राउ

सुर्खेत मालपोत कार्यालयका दुई लेखापढी व्यवसायी पक्राउ

 २५ भदौ, वीरेन्द्रनगर । सुर्खेतको मालपोत कार्यालय परिसरमा भीड गराउने दुई लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक भीड हुने कार्यालयमा जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेर सेवा दिन निर्देशन दिए पनि सेवाग्राहीलाई भीड गराउने लेखापढी व्यवसायीलाई आज पक्राउ गरिएको हो ।

कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

पक्राउ परेका लेखापढी व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन । मालपोत कार्यालय परिसरमा बसेका लेखापढी व्यवसायीहरूलाई मालपोत कार्यालयको पश्चिमतर्फको क्षेत्रमा व्यवस्थापन गरिएको थियो तर त्यहाँ बस्न अटेरी गरेर मालपोत कार्यालय परिसरमा आएर सेवाग्राहीलाई भीड गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पठाइने भट्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १७ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले