शनिबार , असोज १०, २०७७

दुई वर्ष बित्दासमेत कोटेश्वर–कलङ्कीमा अझै बनेन ‘सर्भिस ट्याक’

दुई वर्ष बित्दासमेत कोटेश्वर–कलङ्कीमा अझै बनेन ‘सर्भिस ट्याक’

२६ भदौ, काठमाडौं । चक्रपथको पहिलो खण्ड ‘कोटेश्वर–कलङ्की सडक’ विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन ‘सर्भिस ट्याक’ निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि त्यस बाहिर दुबैतर्फ एक-एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो ।

सडक विभागले तीन वर्ष पहिले नै निर्माण शुरु गरेपनि अझै सम्पन्न भइसकेको छैन । निर्माण हुन बाँकी खण्डमा कतै भौगोलिक कठिनाइ त कतै त्यहाँ रहेका भौतिक संरचना हटाउन नसकिदा ‘सर्भिस ट्याक’ निर्माण गर्न नसकिएको हो । भौगोलिक कठिनाइ भएका स्थानमा काठमाडौै चक्रपथ योजनाले सडकको साटो भ¥याङ बनाउने योजना गरेको छ । कतिपय स्थानमा भने समस्या हटाएर सडक नै बनाउने तयारी भएको छ ।

बालकुमारी पुलबाट कोटेश्वरतर्फ दुबैतर्फ ट्याक निर्माण हुन नसकेको योजना प्रमुख अमृतमणि रिमालले बताए । । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरी दुबैतर्फ भूगोल अग्लो होचो रहेको छ । थोरै क्षेत्रमा जमीनको तह निकै फरक रहेकाले सडक बन्न नसकेको हो । सडकको दायाँतर्फ सडकको साटो भ¥याङ हालिने तयारी भइरहेको छ । बायाँतर्फ सडकको अधिकार क्षेत्रमा दुई घरका कारण सर्भिस ट्याक बन्न सकेको छैन ।

चक्रपथको अधिकार क्षेत्रबीच भागबाट दुबैतर्फ २५-२५ मिटर र अर्को छ-छ मिटर ‘सिड बेल्ट’ हुन्छ । ‘सिड बेल्ट’ समेत ३१ मिटर चौडाइ भएपनि त्यही क्षेत्रमा घरहरु रहेका छन् । स्थानीयबासीले सहयोग गर्दा मात्रै सो स्थानमा सडक बन्न सक्ने उनको भनाइ छ । उनले भने, “ती घर नभत्काउँदासम्म सर्भिस ट्याक बनाउन सकिँदैन ।”

एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा रहेकाले त्यस स्थानमा पनि सडक बन्न सकेको छैन । तत्काल त्यसलाई नहटाए सडक बनाउन नसकिने प्रमुख रिमालले बताए । यातायात व्यवस्था कार्यालयदेखि एकान्तकुना चोकसम्म पनि भूगोलका कारण सडक निर्माण कठीन रहेको छ । सो स्थानमा डिजाइनमा नै त्रुटि रहेकाले सडक निर्माण गर्न नसकिएको उनले बताए ।

डिजाइनमा ‘सर्भिस ट्याक’ मुख्य र सहायक सडकभन्दा कम उचाइमा बनाउने योजना रहेको थियो । सो स्थानमा पहिरोको समस्या भएको उहाँले बताउनुभयो । अहिले यो सडक अरु लेनजस्तै उचालेर बनाउने गरी तयारी भइरहेको छ ।

खसीबजारमा पनि ‘सर्भिस ट्याक’ निर्माण अघि बढ्न सकिरहेको छैन । ‘अण्डर पास’ रहेको सो स्थानमा भौगोलिक कठिनाइकै कारण सडक निर्माण हुन नसकेको हो । बाँकी रहेका अरु स्थानमा निर्माण गर्ने योजना भएपनि तत्काल खसीबजारमा निर्माण अघि बढ्ने देखिँदैन ।

विसं २०७५ माघमा चीन सरकारले सो सडक गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । दस दशमलव चार किमी लम्बाइ सडक निर्माणको काम चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो । सोही वर्षदेखि नै सरकारले दुबैतर्फ एकएक लेनको सर्भिस ट्याक र छ आकाशे पुल निर्माण शुरु गरेको थियो ।

नेपालमा पहिलो पटक आठ लेन सडक र पहिलो ‘अण्डर पास’ लाई यो सडकको विशेषता मानिएको छ । खसी बजारचोकदेखि कलङ्की चोकसम्म रहेको ‘अण्डर पास’ को मुख्य लेन माथि सडकमा र सहायक लेन जमीनमुनि छ । निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ र अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै थिए ।

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन हुने गरी डिजाइन भएको थियो । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि ‘सर्भिस ट्याक’ समेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुबैतर्फ सहायक लेन छ । चक्रपथ छिर्न चालकले पहिले सर्भिस ट्याक पुग्नुपर्छ । सर्भिस ट्याकबाट नै चालकले सहायक हुँदै मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सडकमा निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् ।

दश दशमलव ४ किलोमिटरको यस सडकमध्ये सात दशमलव छ किमी काठमाडौँ र दुई दशमलव आठ किमी सडक ललितपुरमा पर्छ । चक्रपथको दोस्रो खण्डका रुपमा चीन सरकारले नै कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तार गर्दैछ । दोस्रो खण्डमा पनि पहिलो खण्डजस्तै आठ लेन हुनेछ भने पैदलयात्रुका लागि एक-एक किमीको फरकमा आकाशे पुल निर्माण हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत २२ घण्टा पहिले
कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने २२ घण्टा पहिले
स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी २३ घण्टा पहिले
प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! २२ घण्टा पहिले
चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी ! चीनसँगको सीमा विवादमा हुम्लाका सहायक सीडीओले मागे माफी ! २४ घण्टा पहिले
डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग २३ घण्टा पहिले
ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध २३ घण्टा पहिले
पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! २३ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले